दल विभाजन गर्न मिल्ने अध्यादेशविरुद्ध हेटौंडामा प्रदर्शन
मकवानपुर । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोधमा हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेको छ। बुधबार साँझ अनेरास्ववियु हेटौंडा उपमहानगरपालिका कमिटिले उक्त विरोध प्रदर्शन गरेको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी थिईन् ।
यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर राजनीतिक दल विभाजन गर्न मिल्ने अध्यादेश ल्याएको छ । यसअघि पार्टी विभाजनमा लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुग्नुपर्ने व्यवस्था थियो ।
