मानुषी लघुवित्तको आईपीओ भोलि बाँडफाँड गर्ने तयारी

तु खबर संवाददाता
२०७८ भाद्र २, बुधबार १७:०१
file-photo

काठमाडौं । मानुषी लघुवित्तले साधारण सेयर (आईपीओ) बाँडफाँड भोलि गर्ने तयारी गरेको छ ।

कम्पनीको बिक्रि प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्ले डाटा भेरिफिकेसनको काम आजसम्म सम्पन्न गरेर बाँडफाँड भोलि गर्ने तयारी गरिएको जानकारी दिए ।

त्यसैले, सिडिएस र बोर्डको अनुमति भएसँगै आईतबारसम्म बाँडफाँड सम्पन्न गरिने तयारी भइरहेको क्यापिटलले जनाएको छ ।

लघुवित्त कम्पनीले गत साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।