हालसम्मकै उच्च बिन्दु नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
बुधबार नेप्से परिसूचक ३ हजार २ सय नजिक पुगेर नयाँ रेकर्ड कायम भएको हो ।
यसअघि ३ हजार १ सय ७९ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।
नेप्से परिसूचक ३८ दशमलव २८ अंकले बढेर ३ हजार १ सय ९८ दशमलव ६० अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ८३ अंकले बढेको छ । कारोबार रकम पनि २१ अर्ब नाघ्यो ।
दिनभर भएका १ लाख ८८ हजार ४५४ कारोबारबाट २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ कित्ता रुपैयाँ पुगेको छ ।



