यी हुन आज सर्वाधिक कारोबार भएका कम्पनीहरु

तु खबर संवाददाता
२०७८ भाद्र १, मंगलवार १६:३७
file-photo

काठमाडौं । आज देशभर २२१ वटा कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार रुपैयाँको शेयर कारोेबार भएको छ ।

आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ८६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हाइड्रोइलेक्टीसिटीको ६२ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको ६० करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

रिडी हाइड्रोपावर कम्पनीको ५५ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।