नेपाल विद्युत प्राधिकरण ११ अर्ब ७१ करोड नाफामा
काठमाडौं । नेपाल विद्युत प्राधिकरण (एनईए) ले गत आर्थिक वर्ष २०८८/०७८ मा ११ अर्ब ७१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
प्राधिकरणले गत आर्थिक वर्षको विद्युत व्यापार, वित्तीय संचालन खर्च समेत कटाएर खुद ११ अर्ब ७१ करोड रुपैयाँ नाफा आर्जन गरेको हो ।
मंगलबार प्राधिकरणको ३६ औं वार्षिकोत्सवका अवसरमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङले सो कुराको जानकारी गराएका हुन् ।
उनका अनुसार गत आर्थिक वर्षको १२ महिनामा प्राधिकरणले विद्युत व्यापार तथा उत्पादनबाट गरी कुल ८० अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ भने सो अवधिमा सञ्चालन खर्च तर्फ प्राधिकरणले ६८ अर्ब ४५ करोड खर्च गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा १० दशमलव ९६ प्रतिशतले खर्च र ५० दशमलव ६७ प्रतिशले प्राधिकरणको नाफा बढेको हो ।
