उद्योग संघद्वारा हेटौंडा अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

तु खबर संवाददाता
२०७८ श्रावण ३१, आईतवार १३:३१

मकवानपुर । उद्योग संघ मकवानपुरले हेटौंडा अस्पताल परिसरमा स्थापना गरेको अक्सिजन प्लान्ट आइतबार एक समारोहबीच हस्तान्तरण गरिएको छ ।

उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज भट्टले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईलाई सो प्लान्ट हस्तान्तरण गरेका हुन्

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उक्त अक्सिजन प्लान्टको आइतबार उद्घाटनसमेत गरेका छन् ।

प्यान्टले दैनिक १ सय १५ देखि १ सय २० शिलिण्डरसम्म अक्सिजन उत्पादन गर्ने जनाइएको छ ।

३१ जना सहयोगी हातहरुबाट रकम संकलन गरेर उद्योगसंघ मकवानपुरले कूल १ करोड ३६ लाख ९५ हजार रुपैयाँ लागतमा प्लान्ट स्थापना गरेको हो ।

सो प्यान्ट स्थापना भएसंगै अब हेटौंडा अस्पतालमा अक्सिजन अभाव नहुने जनाइएको छ । यसअघि हेटौंडा उपमहानगरपालिकाको कार्यालयण्ले पनि अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको थियो ।