आजबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरको सेवा आलोपालोमा प्रवाह हुँदै

तु खबर संवाददाता
२०७८ श्रावण ३१, आईतवार ०९:५७

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट प्रवाह हुने सेवा आज (आइतबार) बाट आलोपालोमा संचालन हुँदैछ ।

प्रशासनले आजबाट नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र राहदानी सेवा आलोपालो प्रवाह गर्ने भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

उनका अनुसार, जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले आज साउन ३१ गतेदेखि भदौं ४ गते शुक्तबारसम्म प्रतिलिपि नागरिकता र राहदानी सेवा प्रवाह गर्नेछन् भने भदौ ७ गतेदेखि १२ गतेसम्म नयाँ नागरिकता प्रदान गर्नेछन् ।

जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमित बढ्दै गएको र त्यसलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जारी गरिएको निधेषाज्ञालाई कडाई गरेसँगै प्रशासनले आलोपालोमा सेवा प्रवाह गर्ने भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

प्रशासनले पछिल्लो समय थपिएको निषेधाज्ञाको समय साउन ३२ गते सोमबारसम्म रहेको छ । प्रशासनले सवारीसाधनमा जोर–बिजोर प्रणाली, खाद्यान्न पसल बिहान ५ बजेदेखि १० बजेसम्म र अन्य पसलहरु दिउँसो १२ बजेदेखि ४ बजेसम्म संचालन गर्न अनुमति दिएको छ ।