हेटौंडा नगर खेलकुद विकास समितिको आयोजनामा सरसफाई कार्यक्रम

तु खबर संवाददाता
२०७८ श्रावण २६, मंगलवार १६:१३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिले हेटौंडा–४ मा रहेको लोकतान्त्रिक पार्क (हुप्रचौर) मा सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।

खेलकुद विकास समितिले आफ्नो स्थापना दिवसको अवसरमा हेटौंडा–४ मा हुप्रचौरमा सरसफाई कार्यक्रमको आयोजना गरेको नगर खेलकुद विकास समितिले जनाएको छ ।

सरसफाई कार्यक्रम नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको अध्यक्षतामा सम्पन्न भएको हो ।

अध्यक्ष शाहीले आगामी दिनमा समिति शसक्त ढंगले आगाडी बढ्ने बताउँदै शाहीले नगरभित्रका खेलाडीहरुको प्रोत्साहन र क्षमता विकासलाई ध्यानमा राखेर काम गर्ने बताए । साथै उनले समितिको स्थापना दिवस सफल बनाउनका लागि कार्यक्रममा उपस्थित भएका सबै जनालाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, बागमती प्रदेश युवा परिषदका कार्यकारी उपध्याक्ष सन्तोष चौलागाई, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरि दाहाल, हेटौंडा उपमहानगरपालिका २ नं वडा सदस्य महेश्वरमान श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख, सामाजिक विकास शाखा प्रमुख, विभिन्न खेल सम्बिन्धत संघ संस्थाका प्रमुखहरु तथा खेलाडीहरुको उपस्थित रहेको थियो ।