दुर्घटनामा प्रहरी इन्सपेक्टर वाग्लेको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण २६, मंगलवार ०७:३१

काठमाडौं । नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृत्यु भएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय वाग्लेको गएराति बाटोमा हिंडिरहेको बेला लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज थिए ।

उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।