जग्गा पास गर्न आएकी गौतमको मालपोत कार्यालय हेटौंडामा मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण २१, बिहीबार १८:५७
सांकेतिक तस्वीर

मकवानपुर । मालपोत कार्यालय हेटौंडामा सेवा लिन आएकी एक जना वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ सामरी बस्ने ७८ वर्षीय पञ्चमाया गौतम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उनका अनुसार, जग्गा नामसारी गर्न आएकी ती वृद्धाको लाइन बस्ने क्रममा ढलेर मृत्यु भएको हो ।

मृतक वृद्धा दम रोगबाट पीडित रहेको  र  उनको कालगतीले मृत्यु भएको भन्दै शव पोस्टमार्टमको लागि अस्पताल नलगिकन आफन्तले लिएर गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक दासले बताए ।