विवाह भोजमा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु

एजेन्सी
२०७८ श्रावण २१,बिहीबार १५:१५
file-photo

बंगलादेश । बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा १६ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीका अनुसार, विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ लाग्र्दा सहभागी १६ जनाको मृत्यु भएको हो ।

यस्तै, सोही घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ ।

उत्तरी बङ्गलादेशको शिवगन्जमा रहेको पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका जन्ती बेहुलीको घरतिर जाने क्रममा आँधीवेहरीसहितको वर्षा भएको र उनीहरूमाथि चट्याङ खसेको स्थानीय बासिन्दाले बताएका छन् ।

एक स्थानीय अधिकारीले बेहुला र बेहुली सुन्दरपुरका बासिन्दा भएको जानकारी दिएका छन् । दुलही विवाह समारोहमा उपस्थिति भइनसकेकीले कुनै असर नपरेको स्थानीय अधिकारी शकिब–अल–राबीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।