‘संसद विघटन हुनुमा ओली मात्र जिम्मेवार होइनन्’

तु खबर संवाददाता
२०७८ श्रावण २०, बुधबार १४:३७
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसद विघटन हुनुमा तत्कालिन प्रधानमन्त्री केपी ओली मात्र जिम्मेवार नभएको बताएका छन् ।

प्रवक्ता श्रेष्ठले बुधबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै संसद विघटन हुनुमा तत्कालिन प्रधानमन्त्री ओली मात्रै नभई एक वा अर्को रुकमा त्यस अगाडिको सरकार र नेताहरु पनि जिम्मेवार रहेका बताएका हुन् ।

प्रवक्ता श्रेष्ठले भने, ‘यो मुलुकको यो बेहालका निम्ति त्यो प्रवृत्तिका बाहक उहाँ मात्रै (केपी ओली मात्रै) जिम्मेवार हुनुहुन्थेन । सबै राजनीतिक पार्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए ।’