सडकमाथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण १९, मंगलवार १०:०५
सांकेतिक तस्वीर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ ।

सोमबार राति ८ बजेको समयमा माथिबाट एक्कासि खसेको ढुङ्गा लागेर पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ च ७३८७ नंको पिकअप जिपका सहचालकको मृतयु भएको प्रहरीले जनाएको छ ।

मृतयु हु्नेमा जीपका सहचालक स्याङ्जा वालिङ नगरपालिका–११ बस्ने २३ वर्षीय आशिष खाँण रहेका छन् ।

माथिबाट खसेको ढुंगााले लागेर खाँण गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकामा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिप चालक चापाकोट नगरपालिका–५ बस्ने डिलु थापा घाइते भएका छन् । प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको बुझिएको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।