एमाले विवाद समाधान गर्ने प्रयासस्वरुप ओली र नेपालबीच भेट हुँदै
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता हुने भएको छ ।
एमाले विवाद समाधानको लागि दुई नेताबीच आज भेटवार्ता गर्ने तय भएको नेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।
पछिल्लो समय ओली र नेपाल सार्वजनिक कार्यक्रममा एक अर्काप्रति आक्रामक देखिएपनि विघटित कार्यदलका सदस्यहरुसहित दोस्रो तहका नेताहरूले भने पार्टी एकताका लागि निरन्तर पहल जारी राखेका छन् ।
दोस्रो तहका नेताहरू कै पहलका कारण ओली पक्षले माधव पक्षलाई स्पष्टीकरण सोधे पनि कारबाहीको प्रक्रिया अघि बढाएको छैन ।
लामो समयदेखि स्पष्ट दुई धारमा रहेको एमालेको विवाद माधव नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि थप चुलिएको हो ।
एमाले अध्यक्ष ओलीले माधव नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताउँदै आएका छन् भने माधव नेपालले पनि आफुहरु अब पार्टीमा हेपिएर नबस्ने बताउँदै आएका छन् ।
विवादकाबिच ओली र नेपालको भेटलाई चासोको रुपमा हेरिएको छ ।
