एमाले बैठक : पार्टीलाई एकतावद्ध बनाउने निर्णय

तु खबर संवाददाता
२०७८ श्रावण १७, आईतवार १८:२६

काठमाडौं । नेकपा एमाले स्थायी समिितको आज बसेको बैठकले पार्टीलाई एकतावद्ध बनाउने निर्णय गरेको छ । आइतबार ललितपुस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमाले स्थायी समति बैठकले उक्त निर्णय गरेको पार्टीका महासचिव इश्वर पोखरेलले जानकारी दिए ।

उनले जेठ २ लाई टाइमलाइन अनुसार नै एमालेलाई एकतावद्ध बनाएर लैजान सकिने र त्यसमा असन्तुष्ट पक्षहरू पनि आउने विश्वास व्यक्त गरे ।

महासचिव पोखरेलले भने, ‘हामी एमालेलाई एकतावद्ध बनाउन चाहान्छौँ । उन्नत तहको एकताका लागि जे गर्न सकिन्छ त्यो गर्ने हो’

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको एकता प्रयासबारे जानकारी गराएका थिए ।

आज बसेको नेकपा स्थायी समिति बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षहरुको भने सहभागीता नरहेको उनले बताए । बैठकमा बामदेव गौतम पक्ष, ओली पक्षको सहभागीता रहेको उनले बताए ।