नेप्सेमा ३ कम्पनीको शेयर सूचिकृत
काठमाडौं । यस साता नेप्सेमा ३ कम्पनीको शेयर सूचिकृत भएको छ । यस साता एक कम्पनीको आईपीओ र २ कम्पनीको बोनश शेयर सूचिकृत भएको हो । नेप्सेमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी र नेपाल हाइड्रो डेलपर्सको बोनश शेयर सुचिकृत भएको हो । यसैगरी जीवन विकास लघुवित्तको आइपीओ सुचिकृत भएको हो ।
आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ प्रतिशत बोनश शेयर वापतको ७ लाख ५७ हजार ५ सय कित्ता शेयर सूचिकृत भएको हो ।
त्यस्तै, नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको १५ प्रतिशत बोनश बापतको ३ लाख ९० हजार कित्ता शेयर सूचिकृत भएको हो ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ६० लाख ८४ हजार एक सय कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।



