नेकपा विप्लव थाहा नगर समितिको दोस्रो बैठक सम्पन्न

तु खबर संवाददाता
२०७८ श्रावण १६, शनिबार ११:००

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव थाहा नगरपालिका समिति मकवानपुरको दोस्रो पूर्ण बैठक आज सम्पन्न भएको छ । विप्लव मकवानपुरको १७ औं पूर्ण बैठकले तोकेको मिति अनुसार शुक्रबार थाहा नगरपालिका समितिको बैठक पालुङमा बसेको हो।

बैठक नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका जिल्ला सेक्रेटरी वाटरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो क्रममा प्रमुख अतिथि वाटरले अब प्रगतिशील संयुक्त सरकार, जनमतसंग्रह हुँदै वैज्ञानिक समाजवाद सम्म पुग्न जनता र पार्टीबीचको सम्बन्धलाई मजबुद बनाउँदै सम्पूर्ण नगर समिति सदस्यहरू सम्बन्धित कार्यक्षेत्रमा प्रत्यक्ष उपस्थित भई जनतासँग जोडिएर काम गर्नुपर्ने बताए।

उनले हिजो हाम्रो पार्टीलाई सरकारले दमन गर्दै गर्दा, प्रतिबन्ध लगाउँदै गर्दा, पार्टी कार्यकर्ताको खेदो गर्दै गर्दा जनताले हर तरहले साथ दिएको, मन पराएको कारण आज तीन बुँदे सहमतिको माध्यम हुँदै यहाँसम्म आइपुगेको कुरा पनि बताए। अब शान्तिपूर्ण ढङ्गले खुल्ला राजनीतिक मैदानमा सबैसँग वार्ता, वहस र छलफल गरी प्रगतिशील संयुक्त सरकार, जनमतसंग्रहको बाटो हुँदै यो असफल सिद्ध भएको संसदीय व्यवस्थाको वैकल्पिक व्यवस्था वैज्ञानिक समाजवाद सम्म पुग्नका लागि सबै पार्टी कार्यकर्ता क्रियाशील भई कार्यक्षेत्रमा निरन्तर लगनशील भएर लाग्नुपर्ने बताए ।

यस्तै, थाहा नगरपालिकाका सेक्रेटरी विक्रम मगरको सभाध्यक्षतामा बसेको बैठक सोही बैठकले ९ सदस्यीय नगर समिति गठन गरेको छ ।