टोल विकास संस्थाका कोषाध्यक्षहरुलाई लेखा व्यवस्थापन तालिम

तु खबर संवाददाता
२०७८ श्रावण १६, शनिबार १०:१७

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर २ मा आजबाट टोल विकास संस्थाका कोषाध्यक्षहरुलाई लेखा व्यवस्थापन तालिम दिन सुरु गरिएको छ । टोल विकास संस्था वडा समन्वय समितिको आयोजनामा हेटौँडा–२ का २१ वटा टोल विकास संस्थाका कोषाध्यक्षहरुलाई लेखा व्यवस्थापन तालिम दिन सुरु गरिएको हो ।

२१ वटा टोल विकास संस्थाका कोषाध्यक्षहरुको सहभागिता रहेको उक्त कार्यक्रम संस्थाका अध्यक्ष मनिसा घलेको अध्यक्षता तथा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा उपमहानगरपालिका समाज कल्याण साखाका अधिकृत हेम शर्मा पौडेल, टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष सति न्यौपाने, टोलविकास संस्था नगरसमन्वय समितिका कोषाध्यक्ष चन्द्रावती पनेरु, टोल विकास संस्था हेटौंडा २ का इन्चार्ज मायाँ पौडेल, प्रगती टोल विकास संस्थाका अध्यक्ष इन्द्र रिजाल, ससक्त टोल विकास संस्थाका अध्यक्ष इन्दीरा आचार्य लगायतकाको आतिथ्यता रहेको थियो ।

संस्थाका सचिव गिता तिमल्सीनाले सहजीकरण गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष सानुकान्छी वडुवालले स्वागत मनतव्य व्यक्त गरेका थिए ।