आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको आफ्नै फार्मेसी
मकवानपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर २ स्थित नगरपालिका रोडमा स्थापना गरिएको फार्मेसीको बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले उद्घाटन गरेकी हुन् ।
उक्त फार्मेसीको उद्घटना गर्दै मन्त्री बस्नेतले बागमती प्रदेश सरकारले आयुर्वेदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताइन् । उनले फार्मेसी उद्घाटन्संगै आयुरर्वेद औषधी उत्पादन पनि थालिएको बताउँदै प्रदेशका चार वटा जिल्लामा आयुर्वेद अस्पताल भवन निर्माण कार्य सुरु गर्न लागिएको जानकारी दिइन् ।
प्रदेश सरकार आयर्वेद औषधालयको साथमा रहेको बताउँदै उनले भनिन् –‘कुनैपनि समस्या आइहालेमा समाधान पनि गर्छौ । प्रदेशका जिल्लामा आयुरर्वेद औषधालयमा पाएका जिम्मेवारी पुरा गर्नका लागि आग्रह गर्दछु ।’
औषधालयका अध्यक्ष मधु बजगाई क्षेत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यक्रममा संविधानसभाका सदस्य अनन्त पौडेल, प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर एमुना कडेल, सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईलगायतको आतिथ्यता रहेको थियो ।
