तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज रहेको छ ।
एशिया बैंकको स्वामित्वमा रहेका नागरिक लगानी कोष, आरएमडिसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिनेछ ।
बैंकले नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता, आरएमडिसी लघुवित्तको ३ लाख १९ हजार ६५ कित्ता र मेरो माइक्रोफाइनान्सको १ लाख ६ हजार ३९ कित्ता संस्थापक शेयर गत साउन ५ गतेदेखि लिलामीमा ल्याएको हो ।
नागरिक लगानी कोषको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२१ रुपैयाँ, आरएमडिसी लघुवित्तको ४७३ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको ५३४ रुपैयाँ छ । आवेदकले तोकिएकोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
तीनओटै कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा न्यूनत १०० कित्ताको आवेदन दिन सक्नेछन् । धिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ।



