आईपीओ निष्काशनका लागि तीन कम्पनीद्वारा निवेदन दर्ता

तु खबर संवाददाता
२०७८ श्रावण ८, शुक्रबार १८:०२
file-photo

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनका लागि तीन कम्पनीले निवेदन दर्ता गराएका छन् ।

बोर्डमा आईपीओ निष्काशनको लागि मैलुङ हाइड्रोपावर कम्पनी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निवेदन दर्ता गराएका हुन् ।

जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा असार २० गते निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । लघुवित्तको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, मैलुङ हाइड्रोपावर कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न साउन १ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीले स्थानीय र सर्वसाधारणको लागि ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।