कोरोना विरुद्धको खोप लगाएको तीन घण्टा नबित्दै वृद्धको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण ८,शुक्रबार १७:३८
File Photo

काठमाडौं । धादिङमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ ।

धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको खोप लगाएको झण्डै पौने तीन घण्टा पछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा. भुवन पौडेलले जानकारी दिए ।

उनका अनुसार, आज विहान साढे ११ बजे तिर खोप लगाएका उनी आधार घण्टा जति खोप केन्द्रैमा आराम गरेपछि घर फकिएका थिए । तर, त्यसको झण्डै एक घण्टा पछि उनी बेहोस जस्तो हुभएपछि फेरी स्वास्थ्य केन्द्रमा परिवारका सदस्यले ल्याएको र थप उपचारको लागि जिल्ला अस्पताल धादिङ लगिएकोमा उपचारका क्रममा २ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको हो ।

यद्यपि उनको के कारणले मृत्यु भएको हो भनि खुल्न सकसेको ा.पौडेलले जानकारी दिए । उनका अनुसार स्वास्थ्य केन्द्र नजिकै घर रहेका वृद्ध क्रोनिक डाइबेटिजका बिरामी थिए । परिवारका सदस्यका अनुसार एक पटक मात्रै लगाए हुने जे एण्ड जे खोप लगाउन उनले अरु खोप लगाएका थिएनन् ।

वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयलगायत अन्य सम्बन्धित ठाउँमा रिपोर्ट दिने काम भइसकेको उनले बताए ।