पोखरीमा डुबेर बालिकाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण ७,बिहीबार १८:४४
file photo

जनकपुरधाम । सर्लाहीमा पोखरीमा डुबेर बिहीबार एक जना बालिकाको मृत्यु भएको छ ।

भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला पर्सा टोल घर भई सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ मोहनपुर टोलस्थित मामा घर आएकी ३ वर्षीया बालिका मेहनाज खातुनको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आमा सकिला खातुनसँगै स्थानीय सोगारथ रायको पोखरीमा गएकी उनको डुबेर मृत्यु भएको हो ।

मृतक बालिकाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।