जंगली भालुको आक्रमणबाट चितवनका एक जनाको मृत्यु

चितवन । भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको माडी नगरपालिका वडा नम्वर १ पाण्डवनगर निवासी अन्दाजी बर्ष ४६ का राजकुमार बोटको भालुको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बुधबार बिहान तामाको मुना खोज्न भनी गएका उनलाई गंगली भालुले आक्रमण गरेको हो ।
लामो समयसम्म घर नफर्किएपछि उनका परिवारले खोज्न जाँदा देउता खोलाको किनारमा शव फेला परेको हो ।
मृतकको बायाँ आँखामाथि ठूलो चोट लागेको छ ।
शवको मुचुल्का उठाइ पोष्टमार्टमका लागि भरतपुर पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक झलक पौडेलले जानकारी दिए ।