हेटौँडाको अनाथ अपाङ्‌ग बाल पुनर्स्थापना केन्द्रलाई खाद्यान्न वितरण

तु खबर संवाददाता
२०७८ श्रावण ७,बिहीबार ०८:४१

मकवानपुर । लियो क्लब अफ हेटौँडा मुक्तिनाथ मल्टीभिजनको कोषाध्यक्ष अशोक सिंहले आफ्नो जन्मदिनको अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधापमा रहेको अनाथ अपाङ्ग बाल पुनस्र्थापना केन्द्रलाई खाद्यान्न वितरण गरेका छन् ।

कोषाध्यक्ष सिंहले लियो क्लब अफ हेटौँडा मुक्तिनाथ, लियो क्लब अफ हेटौँडा मुक्तिनाथ मल्टिभिजन र लियो क्लब अफ हेटौँडा मुक्तिनाथ प्याराडाइजको संयुक्त आयोजनामा उक्त पुनर्स्थापना केन्द्रलाई करिब १५ हजार कराबरको खाद्यान्न विरतण गरेका हुन् ।

लियो क्लव अफ हेटौँडा मुक्तिनाथका अध्यक्ष सागर गजुरेको सभाधयक्षतामा भएको उक्त कार्यक्रममा लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथका निवर्तमान अध्यक्ष तथा वर्ष २०२१/२२ का लागि लायन्स क्लब इन्टरनेशनल, डिस्ट्रिक ३२५ बी का प्रोग्राम चियरपर्सन अफ लायन क्वेस्ट रमेश उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा लियो डिस्ट्रिक काउन्सिल ३२५ बी २ नेपालका डिस्ट्रिक एडभाइजर राजन श्रेष्ठ, डिस्ट्रिक काउन्सिल ३२५ बी २ नेपालका प्रेसिडेन्ट एडभाइजर राहुल जलान, डिस्ट्रिक काउन्सिल ३२५ बी २ अन्तर्गत को रिजन–६ का रिजनचिफ सुदिन पौडेल, लियो क्लव अफ हेटौंडा मुक्तिनाथ मल्टीभिजनको संस्थापक अध्यक्ष तथा लियो डिस्ट्रिक काउन्सिल ३२५ बी कोडिस्टृक वोमन एन्ड चिल्डेन वेल्फेयर प्रोगाम चिफ शिखा भटराईलगायतको उपस्थिति रहेको थियो ।

साथै, सोही कार्यक्रममा प्रमुख अतिथि रमेश उप्रेतीले  उक्त आश्रमको भान्छा घरको लागि एक बन्डल जस्ता हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएका छन् । उनले सो आश्रमको भान्छा घरमा छानाको अभाब रहेको जानकारी आश्रमका संरक्षकले जानकारी गराए अनुरूप जस्ता हस्तान्तरणको प्रतिबद्धता जनाएका हुन् ।