बुधबार हेटौँडामा १०१२ जनाले लगाए भेरोसेल खोपको पहिलो मात्रा

तु खबर संवाददाता
२०७८ श्रावण ७,बिहीबार ०८:२५
file-photo

मकवानपुर । हेटौँडामा बुधबार एक हजार १२ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् ।

हेटौंडा–१० स्थित गोरक्षश्वर मन्दिर परिसरमा सञ्चालन भएको कोभिड–१९ विरुद्धको खोप अभियानका क्रममा बुधबार एक हजार १२ जनाले पहिलो मात्रा खोप लगाएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

जनस्वास्थ्य निरीक्षक चौलायाईका अनुसार, बुधबार ४८ जना शिक्षक, ४ सय ५८ जना विभिन्न निकायमा कार्यरत कर्मचारी र ४ सय १९ जना सार्वजनिक यातायातका चालक तथा सहचालक रहेका छन् ।

भिडभाड कम गराउनका लागि आज बिहीबार चालक, सहचालक तथा मास्क वितरण टोलीका सदस्यहरुलाई मात्र खोप लगाउने कार्यक्रम रहेको बताइएको छ।

शुक्रबार खोप लगाउन बाँकी शिक्षकहरुका लागि खोप लगाउने व्यवस्था गरिएको उनले बताए ।

जसअन्तर्गत् ८७ जना ५५ वर्षमाथिका नागरिक रहेका छन् ।