नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

तु खबर संवाददाता
२०७८ श्रावण ६,बुधबार १७:२५

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

कम्पनीमा रहेको लगानीयोग्य रकम वाणिज्य बैंकहरुमा लगानी गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी साउन १२ गते कार्यालय समयभित्र शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ ।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क वर्गको वाणिज्य बैंकहरुलाई आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर समयभित्र शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको हो ।