बागमती प्रदेश धानमा आत्मनिर्भर बन्ने संकेत

पत्रपत्रिका
२०७८ श्रावण ६, बुधबार ०८:०२
file photo

मकवानपुर । उत्पादन र क्षेत्रफलमा बुद्धिसँगै बागमती प्रदेश धानमा आत्मनिर्भर बन्ने संकेत मिलेको छ । प्रदेशमा हालसम्म ९० प्रतिशत रोपाई सम्पन्न भएको हो । यसले धान उत्पादनमा प्रदेश आत्मनिर्भर हुने संकेत देखिएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, हेटौंडाका अनुसार बागमती प्रदेशको कुल वर्षे धानले ढाक्ने १ लाख ३४ हजार २ सय ३८ हेक्टर क्षेत्रफलमध्ये मंगलबारसम्म १ लाख २१ हजार ३६ हेक्टर क्षेत्रफल अर्थात् ९० दशमलव ७७ प्रतिशतमा रोपाई सकिएको छ।

समयमा मनसुन सुरु हुनु, कोभिडका कारण विदेशबाट फर्किएका र स्वदेशमा रहेकाहरु कृषि पेशामा लाग्नु, गाउँगाउँमा बसोबास बढ्न, स्थानीय सरकारको कृषिमा सक्रियता, बाँझो जमिनमा खेती, प्रदेश सरकारको खाद्यान्नमा आत्मनिर्भर हुने अभियानलगायत प्रदेश सरकार का बोरिङ, सौर्य सिचाई तथा लिफ्ट सिचाई, सिञ्चित क्षेत्र बिस्तार, कृषिमा यान्त्रिकीकरण आदि कारण धानखेती गरिने क्षेत्रफल वृद्धि भएको मन्त्रालयले जनाएको छ।

प्रदेशको अन्न भण्डारका रुपमा चिनिने चितवनमा ९६ प्रतिशत रोपाई सकिएको छ । चितवनमा धानखेती हुने २८ हजार ६ सय हेक्टर क्षेत्रफलमध्ये २७ हजार ४ सय ५६ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । मकवानपुरमा ९८ प्रतिशत रोपाई सकिएको छ ।

मकवानपुरमा ११ हजार हेक्टर क्षेत्रफलमध्ये १० हजार लमा ७ सय ५० हेक्टर क्षेत्रफल अर्थात् नमा ९८ प्रतिशतमा रोपाई सकिएको हो । नुवाकोटमा १४ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ११ हजार ५ सय ६९ हेक्टर क्षेत्रफल अर्थात् ८१ प्रतिशतमा रोपाई सकिंदा रसुवामा १ हजार ९३ हेक्टर क्षेत्रफलमध्ये ९ सय ७ हेक्टर तथा क्षेत्रफल अर्थात् ८३ प्रतिशत, ललितपरुमा ४ हजार ६ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार ५ सय ५४ ३८ हेक्टर क्षेत्रफल (९९ प्रतिशत),
भक्तपुरमा ४ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार २ सय ५७ लमा हेक्टर क्षेत्रफल अर्थात् ९९ प्रतिशतमा रोपाई सकिएको छ।

काठमाडौंमा पनि ७ हजार ८ सय ८० हेक्टर क्षेत्रफलमध्ये ७ हजार ८ सय १ हेक्टर क्षेत्रफल (९९ प्रतिशत), काभ्रेपलाञ्चोकमा ११ मा हजार हेक्टर क्षेत्रफलमध्ये ९ हजार ३ सय ५० हेक्टर क्षेत्रफल (८५ प्रतिशत), सिन्धुपाल्चोकमा १२ हजार २ सय ३५ हेक्टर क्षेत्रफलमध्ये ९ हजार ७ सय ८८ हेक्टर क्षेत्रफल (८० प्रतिशत्), रामेछापमा ८ हजार ८ सय १० हेक्टर क्षेत्रफलमध्ये ७ हजार ९ सय २९ हेक्टर क्षेत्रफल (९० प्रतिशत), दोलखामा २ हजार ९ सय २० हेक्टर क्षेत्रफलमध्ये २ हजार ७ सय ७४ हेक्टर क्षेत्रफल (९५ प्रतिशत), सिन्धुलीमा १५ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये १३ हजार ३ सय ११ हेक्टर क्षेत्रफल (८७ को प्रतिशत) रोपाई सकिएको छ भने धादिङमा १२ हजार हेक्टर क्षेत्रफलमध्ये १० हजार ५ सय ६० हेक्टर क्षेत्रफल (८८ प्रतिशत्) मा२१ रोपाई सकिएको छ। यो समाचार हेटौँडा सन्देश दैनिकमा छ ।