हेटौँडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौँडामा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडीमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयनत्रीको मृत्यु भएको छ ।
गएराति हेटौँडाबाट नेवारािनीतर्फ जाँदै गरेको ना २२ प ६७७८ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार, मृतकको हाल सनाखत हुन सकेको छैन ।
मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका ती पुरुषको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।
