मकवानपुरमा थप ६० जना संक्रमणमुक्त, ५३ जनामा संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा शनिबार ६० जना कोरोनाभाइस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेको ६० जना आज संक्रमणमुक्त भएको हो ।
संक्रमणमुक्त हुनेमा हेटौँडा उपमहानगरपालिकाका ३६ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढी गाउँपालिकाका ४ जना, मनहरी गाउँपालिकाका १० जना र कैलाश गाउँपालिकाका १ जनारहेका छन् ।
यससँगै जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ११ हजार २ सय ७६ जना पुगेको छ ।
त्यस्तै, आज जिल्लामा ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, १७३ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ९५ जनाको पीसीआर परीक्षण गर्दा २६ जनामा र ७७ जनाको एन्टीजेन परीक्षण गर्दा २७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
