मकवानपुरमा बिहिबार ७५ जना संक्रमणमुक्त भए

तु खबर संवाददाता
२०७८ असार ३१, बिहीबार १७:५८
filr-photo

मकवानपुर । मकवानपुरमा बिहिबार ७५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्र भएका छन् ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसेका ७५ जना आज संक्रमणमुक्त भएका हुन् ।

संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ बिबिार ३२ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै, संक्रमणमुक्र हुनेहरुमा थाहानगरपालिकाका १८ जना, मनहरी गाउँपालिकाका १२ जना, बागमती गाउँपालिकाका ६ जना, मकवानपुरगढी, भीमफेदी र बकैया गाउँपालिकाका २÷२ जना, र कैलाश गाउँपालिकाका १ जना रहेका छन् ।

यससँगै जिल्लामा संक्रमणमुक्त हुनेको कुल संख्या ११ हजार १ सय ५२ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लामा हाल ६ सय २० जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

त्यस्तै, मकवानपुरमा बिहिबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा कुनै पनि व्यक्तिको कोरोनाबाट मृत्यु नभएको स्वास्थ्य कार्यालय जनाएको छ । जिल्लामा हालसम्म कोरोना संक्रमणका १ सय ३३ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*