पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले बुधबार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ, डिजेल तथा मट्टीतेलको प्रतिलिटर १११ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।
निगमले संयुक्त ५ विद्यार्थी संगठनको आन्दोलनपछि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेको भएपनि विद्यार्थी संगठनको आन्दोलनले मूल्य घटाएकाले अब आन्दोलन फिर्ता हुने विश्वास लिएको जनाएको छ ।
