ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु
रौतहट । रौतहटको मध्यभाग देवाहि गोनाहीस्थित ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
गएराती करिब ११ः ४५ बजे देवाही गोनाही नगरपालिका वडा नम्वर ४ स्थित खेत जोतेर फर्किने क्रममा लालबकैया नदीको बाँधमा ना ४ त १५०७ नम्बरको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक मध्ये एक जना चालक रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय २० वर्षीय गोविन्दा पटेल र २२ वर्षीय कोबिन्द्र पटेल रहेका छन् ।
उक्त ट्याक्टर नदीको बाँध वाट झन्डै १० फिट तल झरेर पल्टेको थियो ।
उक्त गाडीमा ४ जना सवार थिए । तीमध्ये राकेश पटेल र कान्थ पटेल गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारको लागि रातीनै एम्बुलेन्सबाट बीरगंज पठाइएको प्रहरीले जनाएको छ ।
मृतक दुबैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाईएको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।
