मकवानपुरमा सक्रिय संक्रमितको संख्या ६ सयभन्दा बढी

तु खबर संवाददाता
२०७८ असार २८, सोमबार १७:१७
filr-photo

मकवानपुर । मकवानपुरमा हाल सक्रिय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कूल संख्या ६ सय भन्दा बढी पुगेको छ ।

जिल्लामा सोमबार थप ७४ जना नयाँ संक्रमितको संख्या ६ सयभन्दा बढी पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म ६ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ५ सय ७५ जना घरमा र ६२ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा थप ६० कोरोना संक्रमणमुक्त भएसँगै संक्रमण निको हुनेको कूल संख्या १० हजार ९ सय ५३ पुगेको छ ।

यसैगरी जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ३३ जना पुगेको स्वास्थ्य कार्यलयले जनाएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*