मकवानपुरमा आज थप ६० जना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा सोमबार थप ६० जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसेका ६० जना आज संक्रमणमु्क्त भएका हुन् ।
संक्रमणमुक्त हुनेहरुमा सबैभन्दा धेरै थाहानगरपालिकाका रहेका छन् । त्यहाँ २१ जना कोरोना संक्रमण मुक्त भएका हुन् ।
यस्तै, हेटौँडा उपमहानगरपालिकाका १० जना, मनहरी गाउँपालिकाका १३ जना, बकैया र मकवानपुरगढी गाउँपालिकाका ४/४ जना, बागमती र कैलाश गाउँपालिकाका ३/३ जना र राक्सिराङ गाउँपालिकाका २ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १० हजार ९ सय ५३ पुगेको छ ।
यसैगरी, जिल्लामा आज ७४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३३ जनामा र १२६ जनाको पीसीआर परीक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको हो । ।
