बागमती गाउँपालिकाद्वारा विद्यालयलाई बस हस्तान्तरण

तु खबर संवाददाता
२०७८ असार २८,सोमबार १४:१८

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले देवकी माध्यमिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ ।

गाउँपालिकाले शैक्षिक सुधार कार्यक्रम अन्तरगत ३० लाख बजेट विनियोजित बजेटबाट विद्यालयलाई बस हस्तान्तरण गरेको हो ।

आइतबार एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष सर्केश घलानले विद्यालयका प्रअ चन्द्रबहादुर थापा , विद्यालय व्यवस्थापन समिति अध्यक्ष हस्त बहादुर थिङलार्इ बसको चाबी हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रमान राइ, बागमती गाउँपालिकाका ४ नं वडा अध्यक्ष रहर सिङ थिङ, बागमती गाउँपालिकाका ५ नं वडा अध्यक्ष वुद्धिमान माझी, लेखा प्रमुख झम्क घलान, शिक्षा शाखा प्रमुख रमेश बिडारी लगायतको उपस्थीती रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*