सिटिजन्स बैंक र सिर्जना फाइनान्सबीच मर्जर सम्पन्न

तु खबर संवाददाता
२०७८ असार २७, आईतवार ०८:१८

काठमाडौं । सिटिजन्स बैंक र सिर्जना फाइनान्स एक अर्कामा गाभिने प्रकृया पूरा भएको छ । ती संस्थाबीच एकीकृत कारोबार समेत सुरु भएको छ ।

एक औपचारिक कार्यक्रमका बीचमा ती दुबै सस्थाहरुको एकीकृत कारोबार सुरुभएको छ ।

बैंक र फाइनान्सका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारी सहभागी भएको एक समारोहबीच बैंकका सञ्चालक समिति अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको सुरुवात गरेका हुन् ।

बैंकले फाइनान्सलाई प्राप्ति गरेपछि सिटिजन्स बैंक थप बलियो बनेको छ । अब बैंकको कूल निक्षेप करिब एक खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने ऋण लगानी करिब एक खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । दुवैलाई वित्तीय संस्थालाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृति दिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*