कोपा अमेरिका फाइनलमा अर्जेन्टिना बिजयी
काठमाडौं । आइतबार बिहान भएको कोपा अमेरिका २०२१ फुटबल म्याचको फाइनल खेलमा ब्राजिललाई एक शून्यको अन्तरले हराउँदै अर्जेन्टिना बिजयी भएको छ । केहीबेर अघि ब्राजिलको राजधानी रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाले एक गोलले ब्राजिललाई हराउन सफल भएको हो ।
आजको खेलमा बिजयी भएसँगै १५ औं कोपा अमेरिका फुटबल उपाधी अर्जेन्टिनाले हात पार्र्न सफल भएको छ । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधी हात पार्न सफल भएको हो । यसअघि सन् १९९३ मा उक्त उपाधी अर्जेन्टिनाले हात पारेको थियो ।
खेलको २२ औं मिनेटमा एन्जल दि मारियोले अर्जेन्टिनाका लागि सानदार गोल गरेका थिए । खेलमा ब्राजिलको कैयौं पटकको प्रयास असफल भएको थियो । ब्राजिलले अर्जेन्टिनाको पोष्टमा १३ पटक प्रहार गर्दा पनि गोल हुन सकेका थिएन भने अर्जेन्टिनाले जम्मा छ पटक मात्रै प्रहार गरेको थियो ।
