सुनको भाउ बढ्यो
मकवानपुर । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ ।
सुन तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
