मकवानपुरमा आज ८१ जना कोरोनामुक्त
मकवानपुर । मकवानपुरमा बुधबार ८१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, विभिन्न मितिमा कोरोना पुष्टि भइ होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेको ८१ जना आज संक्रमणमुक्त भएका हुन् ।
संक्रमणमुक्र हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ३७ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
यस्तै, संक्रमणमुक्त हुनेहरुमा थाहानगरपालिकाका ६ जना, मकवानपुरगढी गाउँपालिकाका ५ जना, बागमती र भीमफेदी गाउँपालिकाका ३÷३जना, कैलाश गाउँपालिकाका २ जना, बकैया गाउँपालिकाका ६ जना, मनहरी गाउँपालिकाका १७ जना र राक्सिराङ गाउँपालिकाका २ जना रहेका छन् ।
यससँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १० हजार ५ सय ५ पुगेको स्वास्थ्य कार्यालय मकवानपुले जनाएको छ ।
मकवानपुरमा बुधबार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७४ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जनामा र ९३ जनाको पीसीआर परीक्षण गर्दा ३६ जनामा कोरोना पुष्टि भएको हो ।
