भारतीय अभिनेता दिलिपकुमारको निधन

तु खबर संवाददाता
२०७८ असार २३, बुधबार ०८:५७

मकवानपुर । भारतीय अभिनेता दिलिपकुमारको निधन भएको छ ।

उनको आज बिहान साढे ७ बजे मुम्बईको अर हिंदुजा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनको ९८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वासप्रस्वास सम्बन्धी समस्याबाट पीडित बनेका दिलिपकुमार करिब १ महिनादेखि उपचाररत थिए ।

पुराना अभिनेताको रुपमा परिचित दिलिपकुमारले थुप्रै हिन्दी चलचित्रमा अभिनय गरेका छन् ।
उनले मुगल–ए–आजम, देवदास, नया दौड़, गंगा जमुना, राम और श्याम लगायतका चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् ।

उनी सन् १९९१ र २०१५ मा पद्मभुषण पदकबाट विभूषित भएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*