हेटौँडा–६ मा ११५ जनाले लगाए भेरोसेलको दोस्रो डोज
मकवानपुर । हेटौंडा–६ मा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा १ सय १५ जनाले लगाएका छन् ।
गत जेठ २६ र २७ गते पहिलो मात्रा भेरोसिल खोप लगाएका सेवाग्राहीका लागि संचालन गरेको दोस्रो डोज खोप अभियानमा मंगलबार १ सय १५ जनाले लगाएका हुन् ।
उक्त अभियान वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईले शुभारम्भ गरेका थिए ।
सो वडाका अन्य नागरिकलाई भने आज बुधबार खोप दगाइनृ हेटौंडा स्वास्थ्य चौकीका प्रमुख टिएन ढुंगेलले जानकारी दिए ।
