भ्रामक सूचना फैलाएकोमा राष्ट्र बैंकद्वारा ध्यानाकर्षण

तु खबर संवाददाता
२०७८ असार १७,बिहीबार १५:४३
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ ।

बैंकले आज एक विज्ञप्ती जारी गर्दै कुनै पनि सूचनामा विश्वास नगर्न आग्रह गरेको हो ।

पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक) बाट भ्रामक सूचना पोष्ट भइरहेको भन्दै बैंकले आफ्नो नाममा फेसबुक पेज बनाएर भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेकोमा गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

हालसम्म नेपाल राष्ट्र बैंकको कुनै पनि आधिकारिक फेसबुक पेज नरहेको र कुनै पनि प्रकारको सूचना जानकारी तथा आव्हान फेसबुक पेजमार्फत नगरिएको राष्ट्र बैंकले जनाएको छ ।

यसअघि बुधबार नेपाल बैंकर्स सङ्घले आफ्नो बैंक खातासँग सम्बन्धित विवरण अपरिचित व्यक्तिलाई नदिन आग्रह गरेको थियो । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमार्फत अनाधिकृत व्यक्तिले विवरण माग गरेर पैसा माग्ने वा पठाउन लगाउने क्रियाकलाप भइरहेको भन्दै सङ्घले आफ्नो व्यक्तिगत/गोप्य विवरण कुनै पनि व्यक्तिसँग आदान–प्रदान नगर्न आग्रह गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*