मकवानपुरमा बिहिबार ८८ जना कोरोनामुक्त

तु खबर संवाददाता
२०७८ असार १०,बिहीबार १८:४७

मकवानपुर । मकवानपुरमा बिहिबार ८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ८८ जना संक्रमणमक्त भएका हुन् ।

संक्रमणमुक्त हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका ३८ जना, थाहानगर पालिकाका २० जना, मनहरी गाउँपालिकाका १८ जना, बागमती गाउँपालिकाका ४ जना, कैलाश र मकवानपुरगढी गाउँपालिकाका ३/३ जना, भीमफेदी र बकैया गाउँपालिकाका १/१ जना रहेका छन् ।

यससँगै जिल्लामा कोरोना संक्रमण निको हुनेको कूल संख्या ९ हजार ४ सय ८३ जना पुगेको छ ।

त्यस्तै, आज जिल्लामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९० जनाको पीसीआर परिक्षण गर्दा ३३ जनामा र १२७ जनाको एन्टीजेन परीक्षण गर्दा २९ जना गरी ६२ जनामा कोरोना पुष्टि भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*