हेटौँडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ६० करोडको बजेट (हेर्नुहोस् पूर्णपाठ)

तु खबर संवाददाता
२०७८ असार १०,बिहीबार १४:४५

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि रु २ अर्ब ६० करोड १५ लाख ५२ हजारको बजेट ल्याएको छ ।
बिहिबार भएको उपमहानगरको नवौं नगरसभामा उपप्रमुख मिना कुमारी लामाले आगामी आवको लागि रु २ अर्ब ६० करोड १५ लाख ५२ हजारको बजेट ल्याएको जानकारी गराएकी हुन् ।

बजेटमा पुर्वाधार विकासतर्फ रु १ अर्ब ३० करोड ४५ लाख ७६ हजार, आर्थिक विकासतर्फ १२ करोड ९८ लाख, सामाजिक विकासतर्फ ६३ करोड ९२ लाख ९९ हजार, स्वास्थ्यतर्फ ८ करोड ७६ लाख १० हजार विनियोजन गरिएको जनाएको छ ।

यसैगरी, उपमहानगरपालिकाले संस्कृति प्रवर्द्धनतर्फ रु २ करोड ३७ लाख, खेलकुद तथा मनोरञ्जनतर्फ रु ३ करोड ७२ लाख ८० हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ रु ३ करोड ७ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ५ करोड ४४ लाख २२ हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ १ करोड ९१ लाख बजेट विनियोजन गरिएको छ ।

यसका लागि आन्तरिक स्रोतबाट रु २४ करोड ३८ लाख ७५ हजार, राजस्व बाँडफाँडबाट रु ५६ करोड ८ लाख ८१ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट रु १२ करोड ६६ लाख ९६ हजार, संघीय सरकारको अनुदान रु १ अर्ब २ करोड १ लाख, नगर विकास कोषबाट ऋण अनुदान रु ९ करोड र गत बर्षको नगद मौज्दातबाट रु ५६ करोड रूपैंयाको व्यवस्थापन गरिने उपप्रमुख लामाले  जानकारी दिइन् ।

स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार असार १० गतेभित्रै बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । सोही अनुसार हेटौँडा उपमहानगरपाकिाले पनि आवको लागि बजेट सार्वजनिक गरिएको उपप्रमुख लामाले बताइन् ।

हेर्नुहोस् पूर्णपाठ :

आर्थिक वर्ष 207८/7९ को

नीति तथा कार्यक्रम र बजेट वक्तव्य

हेटौँडा उपमहानगरपालिका

नगर कार्यपालिकाको कार्यालय

नगरप्रमुख एवम् नगरसभाका अध्यक्ष महोदय,

नगरसभा सदस्यज्यूहरू,

सञ्चारकर्मी मित्रहरु एवम्  उपस्थित सम्पूर्ण महानुभावहरु

 

  1. संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात प्राप्त उपलब्धिको रुपमा स्थानीय सरकार गठन भई यस उपमहानगरपालिकाको पाँचौ बर्षको नवौं नगरसभा र आ.व. २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुतिको लागि यहाँहरुको सामु उपस्थित भएका छौँ .

 

  1. यस घडीमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको चरणमा भएका विभिन्न सामाजिक तथा राजनैतिक   आन्दोलनहरुमा जीवन आहुति गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौं । साथै यस अवधि बिचमा कार्यपालिका सदस्य श्री रत्नलाल बिश्वकर्माको कोभिड-१९ संक्रमणको कारण उपचारको क्रममा असामयिक निधन भएकोमा मृत आत्माप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दछौँ ।

  1. सन् २०१९ को उत्तरार्धमा देखा परी हाल विश्‍वव्यापी महामारीको रुप लिएको कोभिड-१९ कोरोना  भाइरसको पहिलो र दोश्रो चरणको संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन। यस रोगको संक्रमणबाट निधन हुनु भएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।

  1. यस उपमहानगरपालिका लोकतन्त्रका न्यूनतम आधारभूत मूल्य मान्यता बहुलवादी खुला समाज, मानव अधिकार, लोकतन्त्र, सामाजिक न्याय, सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसात गर्दै विधिको शासनप्रति पूर्ण प्रतिवद्ध छ । लोकतन्त्रलाई सामाजिक जीवन पद्धतिका रुपमा स्थापित गर्ने कुरामा उपमहानगरपालिका हरपल प्रयत्‍नशील छ । शासकीय व्यवस्थामा आएको परिवर्तनको अनुभूति सबै नगरबासीले गर्न सकून् भन्‍नेमा हामीहरु अत्यन्त सचेत छौं ।

 

  1. प्राविधिक दृष्टिले उपयुक्त, सामाजिक रूपमा सन्तुलित एवम् राजनैतिक रूपमा स्वीकार्य विकास प्राप्तिका लागि समन्वय कायम गर्दै विकासका साझा गन्तव्य/प्राथमिकता चयन गर्नुपर्ने विशिष्ट अवस्था, लामो राजनीतिक रिक्तता पछि नयाँ संरचना अन्तर्गत काम गर्नु पर्दाको जटिल अवस्था, जनप्रतिनिधिहरू उपमहानगरपालिकामा वहाल भइसकेपछि नगरवासीहरूको सन्तुलित विकास एवम् सेवा प्राप्ति प्रतिको बढ्दो अपेक्षाको सम्बोधन, सिमित आन्तरिक श्रोत र संघीय अनुदानमा निर्भर विकास कार्यहरू सञ्चालन गर्नुपर्ने पृष्ठभूमिमा आर्थिक बर्ष २०७८/७९ को बजेट नीति तथा कार्यक्रम यस गरिमामय सभामा प्रस्तुत गर्न गइरहेका छौं ।

  1. सचेत, सुसूचित र सँस्कारयुक्त नेपाली नागरिकको अथक मेहनत र गौरवपूर्ण बलिदानीबाट प्राप्त संविधान बमोजिम सार्वभौम जनताको चयनमार्फत निर्वाचित प्रतिनिधिबाट गठन भएको उपमहानगरपालिका उपमहानगरबासीहरुको आधारभूत हक तथा अधिकारप्रति सचेत र सदृष्य रहँदै “सफा हरियाली, फूलैफूलको सहर हेटौंडा” भन्ने सोचका साथ नेपाल सरकारको पन्ध्रौँ योजना, दिगो विकासको लक्ष्य, संघ र प्रदेश सरकारको बजेट एवम् प्राथमिकता, स्थानीय सरकारको समृद्ध हेटौंडा, सुखी नगरवासी बनाउने अल्पकालीन र दीर्घकालीन योजनाहरु प्रति दृढ रही नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली तथा प्रदेश सरकारको स्वस्थ, सुसंस्कृत र सुखी जनता; समाजवाद उन्मुख समृद्ध प्रदेश को राष्ट्रिय तथा प्रादेशिक आकाँक्षा पूरा गर्ने अभियानप्रति पूर्ण प्रतिबद्ध छौँ।

  1. विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को पहिलो र दोश्रो चरणबाट सृजित विषम परिस्थितिको कारणले मुलुकको अर्थतन्त्र र समग्र शासन प्रक्रियामा नै प्रतिकूल प्रभाव पारेको छ। यस्तो विशिष्ट र जटिल अवस्थाका कारण स्थानीय सरकारको पनि विकास प्रयास अबरुद्ध भई आर्थिक तथा मानवीय संकट उत्पन्न हुन पुगेको छ । यस्तो विषम परिस्थितीमा अहोरात्र खट्नुहुने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी लगायत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु प्रति सम्मान प्रकट गर्न चाहन्छौं ।

८. आर्थिक बर्ष २०७८/७९ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दाको अवस्थामा यस उपमहानगरपालिकाको आन्तरिक आय, नेपाल सरकारबाट प्राप्त हुने समानीकरण, शसर्त, समपूरक र विशेष अनुदान, प्रदेश सरकारबाट प्राप्‍त समपूरक र विशेष अनुदानमा उल्लेखनीय बढोत्तरी नभएको अवस्था, राजस्व बाँडफाँड लगायतका श्रोतहरूमा अपेक्षा गरे अनुरूप वृद्धि नहुँदा स्रोतको कमी हुन गएको, मूलुक लकडाउनमा रही कोभिड-१९को संक्रमणको व्यवस्थापन गर्नु परेको जस्ता कारणहरुले प्राथमिकतामा राखिएका कतिपय नगरको समग्र विकासमा महत्व राख्ने जनअपेक्षित विकास आयोजनाहरू प्रभावकारी रुपले कार्यान्वयन गर्न नसकिएको चालू आर्थिक बर्षको यथार्थता हाम्रा सामु स्पष्टै छ ।

 

आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरू,

अब म आर्थिक बर्ष २०७७/७८ को हेटौंडा उपमहानगरपालिकाको वार्षिक कार्यक्रम कार्यान्वयनको लक्ष्य र प्रगतिको संक्षिप्त समीक्षा गर्ने अनुमति चाहन्छु ।

. आर्थिक बर्ष २०७/ को वार्षिक कार्यक्रमको समीक्षा

आज २०७८ साल असार १० गते उपमहानगरपालिकाको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा चालू आर्थिक बर्ष २०७७/७८ को जेष्ठ मसान्त सम्मको अवधिलाई आधार मानी भौतिक तथा वित्तीय प्रगतिहरू प्रस्तुत गरिएको छ । चालू आर्थिक बर्षको बाँकी अवधिको भौतिक तथा वित्तीय प्रगतिहरू वार्षिक प्रगति समिक्षा गरी आगामी नगरसभामा प्रस्तुत गरिने व्यहोरा अनुरोध गर्दछु।अब म क्षेत्रगतरुपमा बार्षिक लक्ष्य र प्रगतिको सक्षिप्त समिक्षा प्रस्तुत गर्न गैरहेको छु।

. पूर्वाधार निर्माण  

          .. सडक

पूर्वाधार अन्तर्गत यातायात पुर्वाधारतर्फ कूलयोजना ४६० वटा सञ्चालन गरिएकोमा २२५ वटा निर्माण कार्य सम्पन्न भएको र २३५ वटा योजना चालु अवस्थामा रहेका छन् । सो अन्तर्गत २०.५ कि. मि. कंक्रिट सडक र १.५ कि. मि. कालोपत्रे सडक रहेको छ ।

 

..  भवन आवास तथा शहरी विकास  

भवन तर्फ कूल४० योजना सञ्चालन गरिएकोमा ७ वटा सम्पन्न भएको र ३३ वटा योजना चालु अवस्थामा रहेका छन् । सो अन्तर्गत सम्पन्न भएका योजनामा प्रतिक्षालय १, मठमन्दिर १, खेलमैदान १ र सामुदायिक भवन ४ वटा रहेका छन् ।

 

 

.. सञ्चार तथा सूचना प्रविधि   

यस अन्तर्गत कूल योजना ३ वटा सञ्चालन गरिएकोमा २ वटा निर्माण कार्य सम्पन्न भएको र १ वटा योजना चालु अवस्थामा रहेका छन् ।

 

.. सम्पदा पूर्वाधार   

सम्पदा पूर्वाधार अन्तर्गत कूल६ वटा योजना सञ्चालन गरिएकोमा ३ वटा निर्माण कार्य सम्पन्न भएको र ३ वटा योजना चालु अवस्थामा रहेका छन् । सो अन्तर्गत मठमन्दिर २ वटा र घाटेपाटी मर्मत सम्भार १ रहेको छ ।

 

.. संघीय बजेट   

संघीय बजेट अन्तर्गत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम तर्फ कूलयोजना १३ वटा सञ्चालन गरिएकोमा २ वटा निर्माण कार्य सम्पन्न भएको र ११ वटा योजना चालु अवस्थामा रहेका छन् ।

 

.. प्रदेश बजेट   

प्रदेश बजेट अन्तर्गत कूल२१ वटा योजना सञ्चालन गरिएकोमा ४ वटा निर्माण कार्य सम्पन्न भएको र १७ वटा योजना चालु अवस्थामा रहेका छन् ।

 

.. पर्यटन विकास  

पर्यटन विकास अन्तर्गत १ योजना सञ्चालन गरिएकोमा उक्त योजना निर्माण कार्य सम्पन्न भएको छ । जस अन्तर्गत कुष्माण्ड मन्दिरको भवन निर्माण कार्य रहेको छ ।

 

नगर स्तरीय कार्यक्रम अन्तर्गत पूर्वाधार योजना तर्फ सञ्चालित महत्वपूर्ण योजनाहरुमा बसपार्क तथा बस टर्मिनल भवन निर्माण कार्य प्रारम्भ गरिएको छ । हेटौंडा ४ मा अत्याधुनिक सुविधा सम्पन्न बहुउद्धेश्यीय व्यापारिक भवन निर्माण कार्यको ठेक्का सम्बन्धी सूचना प्रकाशन भैसकेको छ।वडा नं. ४ हुप्र चौरमा ८०० मि. रनिङ्ग ट्रयाक सम्पन्नको चरणमा पुगेको छ। हेटौंडा ८ चन्द्रोदय मा. वि. को मैदानमा प्याराफिट निर्माण कार्य अघि बढेको छ । वडा नं.१२ र १४ को वडा कार्यालय प्रशासकीय भवन निर्माण कार्य चालु अवस्थामा रहेको छ । वडा कार्यालयको प्रशासनिक भवनमा एकरुपता ल्याउन बाँकी वडाको भवनको निर्माण कार्यको डिजाइन तयारीको प्रक्रिया अगाडी बढाइएको छ । नगरको चक्रपथ सडक निर्माण कार्य अन्तर्गत पहिलो चरणमा वडा नं. १५ र १६ मा सडक कंक्रिट ढलान गर्ने कार्य चालु अवस्थामा रहेका छन् । वडा नं.१४ मा बनेलधाप कालापानी खानेपानी योजना निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको छ । नमूना बिद्यालय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत आधुनिक राष्ट्रिय मा. वि. र चन्द्रोदय मा.वि.को अत्याधुनिक भवन निर्माण कार्य चालु अवस्थामा रहेको छ । प्रदेश सरकारबाट हस्तान्तरित समपुरक अनुदान अन्तर्गत वडा नं.१७ को रानीखोला राजदेवी सडक कालोपत्रे योजना सम्पन्न भएको छ । १७ नं. वडा कै चुच्चेखोला रामपुर डाँडा सडक निर्माण कार्य, ५ नं. वडाको रिटेनिङ्ग पर्खाल र कंक्रिट रोड निर्माण योजना खण्ड १ र वडा नं. ७ को सडक स्तरीकरण कान्तिलोकपथ देखि वडा कार्यालय जाने सडक निर्माण कार्य सम्पन्न हुने चरणमा रहेका छन् ।

योजना कार्यन्वयनमा सहजताको लागि जेसिवि १, टोटल स्टेशन ३ थान खरीद गरिएको छ ।किड्नी डाइलासिसका लागि हेटौडा अस्पतालमा २ थान हेमोडाइलासिस मेसिन खरीद गरिएको छ । शबदाह मेसिन जडानको क्रममा रहेको छ । शब बहान खरीद प्रक्रिया चालु अर्थिक वर्षको अन्तसम्ममा सम्पन्न हुने अवस्था रहेको छ ।

भवन इजाजत तथा मापदण्ड कार्यान्वयन तर्फ चालु आ.ब ०७७।७८ को यस अवधिमा घर नक्सा पेश ९९०, नक्सा पास ८९७, नक्सा म्याद थप ३९, नक्सा नाम सारी १०८ भएको छ । यसैगरी नगर क्षेत्रको ६ वटा सडक सार्वजनिक गरिएको छ भने ५ वटा जग्गा विकास कार्यक्रम स्वीकृत भएको अवस्था छ ।

 

आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरू,

अब म सामाजिक विकास तर्फको कार्यक्रममा भएको प्रगतिबारे संक्षिप्त विवरण पेश गर्ने अनुमति चाहन्छु।

 

.२ सामाजिक विकास  

          .. स्वास्थ्य

 

१.      उपमहानगरपालिकाका सबै वडामा रहेका स्वास्थ्य संस्थाको आफ्नै भवन निर्माण गर्ने योजना अनुरुप स्वास्थ्य संस्था भवन नभएका वडा नं. १, ४, ५ र १० मा नयाँ भवन निर्माण कार्य प्रारम्भ गरिएको छ । साथै वडा नं. ६, ११, १२, १४, १६, १८ र १९ को तल्लो क्षेत्रमा रहेका स्वास्थ्य संस्था भवनको थप स्तरोन्नति गर्ने कार्य चालु आ. व. भित्र सम्पन्न हुने अवस्थामा रहेको छ ।

२.    उपमहानगरपालिकाको १९ नं. वडा अन्तर्गत ज्यामिरेमा अवस्थित ज्यामिरे शहरी स्वास्थ्य केन्द्रको भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा यसै आर्थिक वर्षमा सम्पन्न हुनेगरी निर्माण कार्य भइरहेको छ ।

३.    उपमहानगरको वडा नं. ७ र १५ मा रहेका स्वास्थ्य संस्थामा १/१ जना प्रयोगशालाकर्मीको व्यवस्था गरी प्रयोगशाला सञ्चालन भैरहेका छन् । वडा नं. १३ र १८ मा ल्याव सेवा सन्चालन चालु आ.व. को अन्त्य सम्ममा शुरु गर्नेगरी तयारी गरिएको छ।

४.    कोभिड १९ को विश्वव्यापी महामारीसँगै गत आ.व. बाट सञ्चालनमा आएको कोभिड १९ आइसोलेसन सञ्चालन गर्न उपमहानगरपालिकाबाट श्रोत र जनशक्ति परिचालन गरिएको छ । आर्थिक वर्षको प्रारम्भदेखि हेटौंडा ६ गौरीटारस्थित आइसोलेसन सेन्टर पछिल्लो समयमा मिति २०७८ बैशाख १२ देखि हालसम्म हेटौंडा उपमहानगरपालिकाको एकल प्रयासमा सञ्चालनमा रहेको छ। हालसम्म उक्त सेन्टरबाट १२७ जनाले सेवा लिएका छन् ।

५.    गत आर्थिक वर्षदेखि सञ्चालनमा रहेको हेटौंडा ४ कर्रा श्रमिक माद्यमिक बिद्यालय तथा हेटौंडा १० गोरक्षेश्वर मन्दिर स्थित स्वाब संकलन केन्द्रबाट यस आ. व. मा १९ हजार आर. टी. पीसीआर र १४ सय ६० जनाको एन्टीजेन परीक्षण गरिएको छ ।

६.    सबै स्वास्थ्य संस्थाहरुमा सूचना प्रविधिमैत्री बनाउन इन्टरनेटको पहुँच विस्तार गरिएको छ।

७.  स्थानीय तह संचालनमा आएसंगै औषधि एवम् स्वास्थ्य सामग्रीको अव्यबस्थित भण्डार गर्ने कार्यलाई गत आ.व.बाट घर भाडामा लिई ब्यबस्थित गर्दै आएकोमा चालु आ.व. मा कार्यालय परिसरमा भण्डार कक्ष निर्माण गरीऔषधि, स्वास्थ्य सामग्री भण्डार गर्ने ब्यबस्था मिलाईएको छ। भण्डार कक्षको क्षमता बढाउन  हाल भएको भण्डार कक्षसंगैको खुला ठाउँमा एक थप कक्ष निर्माण कार्य चालु आ.व. भित्र सम्पन्न गर्नेगरी प्रक्रिया अगाडी बढाइएको छ ।

९.     साविकमा जिल्ला स्वास्थ्य कार्यालयबाट वितरित खोपलाई जिल्लाको अन्य पालिका झैँ यस पालिकामा समेत खोप भण्डार गर्ने र वितरण गर्ने कार्यका लागि करीव ५ लाख जनसंख्या क्षमताको सेवा संचालन गर्न आवश्यक समान खरीद गरी खोपको लागि शीत भण्डार व्यबस्थित गरिएको छ |

१०. कोभिड १९ को दोश्रो भेरीयन्टसंगै  आएको बिश्वब्यापी महामारीको कारणले हेटौंडा उपमहानगरपालिका लगायत मकवानपुर जिल्ला र छिमेकी जिल्लाबाट संक्रमित भई अस्पतालको सेवा लिन आउने सेवाग्राहीको व्यबस्थापनमा सहयोग गर्न हेटौंडा अस्पतालमा आवश्यकता र माग  अनुसार स्वास्थ्यकर्मी परिचालित गरिएको छ |

११. उपमहानगरपालिकाका २२ वटै स्वास्थ्य संस्थाहरुबाट नियमित स्वास्थ्य सेवा तथा औषधि वितरणको कार्य भैरहेको छ ।

१२. औषधि आपूर्ति प्रणालीलाई व्यबस्थित गर्न विधुतीय आपूर्ति प्रणाली मार्फत व्यबस्थित गरिएको छ |

१३. विश्वब्यापी महामारीको कारणले संक्रमित भएका  सेवाग्राही मध्ये होम आईसोलेसनमा बसेकाहरुलाई वितरण गर्न औषधिको व्यबस्था गरीस्वास्थ्य संस्थालाई उपलब्ध गराईएको छ |

१४. लकडाउनमा स्वास्थ्य संस्थामा रही काम गर्ने आईसोलेसन र क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराई स्वास्थ्यकर्मीलाई उत्साहित गर्ने कार्य भएको छ ।

१५. गत आ.व. देखि प्रारम्भ गरिएको विपन्न नागरिक स्वास्थ्य विमा सहयोग कार्यक्रमलाइ निरन्तरता दिइएको छ।उपमहानगरपालिकामा स्थायी बसोबास गर्ने ३०० जना सिमान्तकृत अति बिपन्न नगरबासीको परिवारको स्वास्थ्य बिमा गर्ने कार्य चालु आ.व.को अन्त्य सम्ममा सम्पन्न गरिनेछ ।

१६. कोभिड १९ को दोश्रो लहरसगै देखिएको भयावह अवस्था र उपचारको क्रममा अवश्यक पर्ने अक्सिजनको हाहाकार अवस्था समाधन गर्न उपमहानगरपालिकाको अग्रसरता र समन्वयमा हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने कार्य सम्पन्न भएको छ । साथै तत्कालको अभाव व्यवस्थापन गर्न नुवाकोट र इटहरीबाट अक्सिजन ल्याउने कार्य गरिएको छ ।

१७. दिगो विकास लक्ष्य (SDG) र पन्ध्रौ योजनाको लक्ष्य पूरा गर्नुका साथै मातृ मृत्युदर कम गर्न उपमहानगरपालिकामा स्थायी बसोबास गर्ने १००० जना सुत्केरी महिलालाई घरमा नै स्वास्थ्यकर्मी परिचालन गरीसुत्केरी जांच गर्नुका साथै पोषण कोशेली प्रदान गर्ने कार्य भएको छ ।

१८.    उपमहानगरपालिकाका २६३ जना नगरबासीहरुले विपन्न नागरिक औषधी उपचार सिफारिस समिति मार्फत नेपाल सरकारबाट सूचीकृत कडा रोगको उपचारका लागि सिफारिस प्राप्त गरेका छन् ।

१९. चालु अ.व.मा पहिलो र दोश्रो चरणमा उपमहानगरपालिका क्षेत्रभित्रका ९२०० जना जेष्ठ नागरिक सहितलाई कोभिसिल्ड र भेरोसिल्ड भ्याक्सिनको पहिलो मात्रा लगाइएको छ । साथै खोप उपलब्धताका आधारमा पहिलो र दोश्रो मात्रा खोपलाई निरन्तरता दिइएको छ ।

 

 

.. शिक्षा

  1. विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न योजनाबद्ध शैक्षिक कार्यक्रमका लागि शैक्षिक क्यालेण्डर निर्माण गरी कार्यान्वयन गरिएको छ। विद्यार्थीको प्रतिभा पहिचानका लागि शैक्षिक क्यालेण्डर अनुरुप विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ ।

  2. सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका EMIS को कार्य गर्ने प्रधानाध्यापक वा शिक्षकहरुको लागि क्षमता विकास तालिम दिइएको छ । विषयगत तालिम मार्फत शिक्षकहरुको क्षमता अभिवृद्धि गरिएको छ ।

  3. कोभिडका कारण भौतिक उपस्थितिमा कक्षा ८ को परीक्षा गराउन सम्भव नभएकोले परीक्षा समिति मार्फत मापदण्डको आधारमा आन्तरिक मूल्यांकनद्वारा नतिजा प्रकाशन गरिएको छ ।

  4. दरवन्दी मिलानको कार्यविधि बनाई सोही अनुसार कार्य सम्पन्न गरी शिक्षक व्यवस्थापन कार्य निरन्तर भइरहेको छ ।

  5. प्रधानाध्यापकसंगको निरन्तर सम्पर्क, सूचना आदानप्रदान, समन्वय कार्यका लागि मासिक रुपमा सामुदायिक तथा संस्थागत विद्यालयको प्रधानाध्यापक बैठक सञ्चालन गरिदै आएको छ ।

  6. विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षक अभिभावक संघका पदाधिकारीको काम, कर्तव्य र अधिकारको अवगत गराउने, सकारात्मक अभ्यासहरु आदानप्रदान गर्ने र छलफल अन्तर्क्रिया लागि वि.व्य.स. र शिक्षक अभिभावक संघका पदाधिकारी विच निरन्तर अन्तर्क्रिया सञ्चालन गरिएको छ ।

  7. सशर्त बजेट मार्फत आउने तथा आन्तरिक खर्चबाट हुने सम्पूर्ण कार्यक्रमको बाँडफाँट शिक्षा समितिमा छलफल गरी कार्यान्वयन गरिएको छ ।

  8. विद्यालयमा रहेका बाल समूहलाई सक्रिय बनाई विभिन्न अतिरिक्त क्रियाकलापमा समावेश गराइएको छ । साना बालबालिकालाई लक्षित गरी नमूना बाल विकास कार्यक्रम र विद्यालयमा शुद्ध खानेपानीका लागि युरो गार्ड कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

  9. स्थानीय पाठ्यक्रम निर्माणको कार्य सम्पन्न गरी छपाई, वितरण र प्रवोधिकरणको कार्य अगाडी बढाइएको छ ।

  10. दुर्गम क्षेत्रमा सञ्चालित विद्यालयका शिक्षकको मनोबल बढाउनका लागि दुर्गम शिक्षक प्रोत्साहन भत्तालाई निरन्तरता दिईएको छ । न्यून तलवमा अध्यापन गराउने बाल विकास सहजकर्ताहरुको मनोबल बढाउनका लागि प्रोत्साहन भत्ता बढाइएको छ ।

  11. विद्यार्थीको पहुँच बढाउनका लागि विकट क्षेत्रमा सञ्चालित विद्यालयका छात्र छात्राको लागि पोशाक र सामग्री वितरणको कार्यलाई निरन्तरता दिईएको छ ।

  12. सामुदायिक विद्यालयमा प्रविधिको पहुँच विस्तारका लागि आधारभूत तहका विद्यालयहरुमा कम्प्युटर र इन्टरनेट विस्तार गरिएको छ । न्यून शुल्कमा अंग्रेजी माध्यमवाट शिक्षा दिने समता स्कुललाई प्रोत्साहन गरिएको छ ।

  13. शिक्षकहरुको तलव निकासाको कार्यलाई सहज बनाउनका लागि सफ्टवेयर निर्माणको कार्य सम्पन्न गरिएको छ ।

  14. उपमहानगरपालिकाको शिक्षा नीति निर्माण गर्ने कार्यदल गठन भै कार्य प्रारम्भ गरिएको छ ।

१.२.३ महिला बालबालिका तथा लैससास

१.     नगरक्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुलार्इ अपाङ्गता परिचय पत्र प्राप्तीमा सहजता ल्याउनको लागि नगरका १२ वडाहरुमा अपाङ्गता परिचय पत्र वितरण घुम्ती शिविर सञ्चालन गरिएको छ ।परिचय पत्र वितरण कार्यलार्इ व्यवस्थित बनाउनको लागि स्थानीय समितिको निरन्तर सकृयता रहेको छ ।नगरबाट हालसम्म ५६७ जना अपाङ्गता भएका व्यक्तिले परिचय पत्र प्राप्त गरिसकेका छन् ।

२.    ज्येष्ठ नागरिक दिवसको सन्दर्भ पारी वडा कार्यालयको समन्वयमा ज्येष्ठ नागरिकहरुको सम्मानार्थ ९५ जना गरिव तथा असहाय ज्येष्ठ नागरिकहरुलार्इ सहायता सामाग्री वितरण गरिएको छ । त्यसैगरी विभिन्न किसिमका अपाङ्गता भएका ४३ जना व्यक्तिहरुलार्इ सहायक सामाग्री वितरण गरिनुका साथै १९ वटै वडाका १९३ जना पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरुलार्इ सामाग्री सहित जनप्रतिनिधिद्वारा  घर-घरमा भेटघाट गरिएको छ ।

३.    लैङ्गिक हिंसा पिडीत तथा प्रभावित महिलाहरुको लागि पुनर्स्थापना, स्वास्थ्य उपचार, बिउपूँजी प्रदान, मनोपरामर्श एवम् न्याय प्रदान गर्नका लागि राजदेवी महिला बहुउद्धेश्यीय सहकारी संस्था बसामाडी मार्फत अल्पकालिन सुरक्षित आश्रयस्थल सञ्चालन कार्यलार्इ निरन्तरता दिइएकोमा चालू आ.व. मा ८६ जनाले सेवा लिएका छन् । आफ्नै भवनमा सुरक्षित आश्रयस्थल सञ्चालनका लागि हेटौंडा ११ मा भवन निर्माण कार्य चालु आ.व. को अन्त्य सम्ममा पूरा हुने अवस्थामा रहेको छ।

४.    एकल महिलाहरुलार्इ आय आर्जनमा टेवा पुर्‍याई उनीहरुको आर्थिक सशक्तिकरण गर्नका लागि नगरभित्रका १४ जना एकल महिलाहरुलार्इ उनीहरुकै रोजाइको व्यवसाय सञ्चालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ । वडा नं. १, ३, १३ र १६ का १२ जना गरिब तथा विपन्न महिलाहरुलार्इ गार्इ पालनका लागि जनही रु ५० हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ ।

५.    नगरक्षेत्रभित्रका सबै महिलाहरुलार्इ क्षमता विकास, नेतृत्व विकास एवम् सामुदायिक कार्यमा परिचालन समेत गर्ने उद्देश्यले १९ वटै वडामा महिलाहरुको बृहत भेलाको आयोजना गरी वडास्तरीय महिला जागरण समूह र नगरमा नगरस्तरीय महिला जागरण समूह गठन गरिएको छ ।

६.    ज्येष्ठ नागरिकहरुको ज्ञान सीप हस्तान्तरण एवम् उनीहरुको हक अधिकार प्रवर्द्धन गर्ने साथै भलाकुसारी गर्नका लागि वडा नं ७, ८, १८ र १९ मा गरी ५ वटा ज्येष्ठ नागरिक मिलन केन्द्र स्थल चालु आ.व. को अन्त्य सम्ममा निर्माण सम्पन्न हुने क्रममा रहेका छन् ।

७.    अभिभावक विहीन बालबालिकाहरुलार्इ प्रदेश सरकारको सहयोगमा मासिक २ हजारका दरले ५ जनालार्इ सहायता प्रदान गरिएको छ । कोभिड १९ को संक्रमणलार्इ मध्यनजर गर्दै बालबालिकाहरुले ध्यान दिनुपर्ने कुराहरु र उनीहरुका जिज्ञासाको सम्बोधन गर्न साथै लकडाउनका समयमा उनीहरुका प्रतिभा प्रस्फुटन गर्न भर्चुअल बैठक र रेडियो कार्यक्रम सञ्चालन गरिएको छ ।

८.    मानव सेवा आश्रम, मामा घर नेपाल, दिव्यसेवा निकेतन जस्ता संस्थाहरूमा मानवीय संवेदनशीलतालाई ध्यानमा राखि यस आ.व. मा पनि गत वर्षहरूमा जस्तै आश्रित २५० भन्दा बढी असहाय, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरुलाई खानपान, ‌औषधी उपचार र हेरचाहमा सहयोग पुर्‍याइएको छ ।

९.    विभिन्न सामाजिक संघ संस्था मार्फत लागु औषध सचेतना कार्यक्रम, नेतृत्व क्षमता विकास, लोकसेवा आयोग तयारी कक्षा सञ्चालन तथा  उपभोक्ता सचेतना कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।

१०.   सामाजिक विकास क्षेत्र अन्तर्गत पिछडिएका वर्ग, महिला, दलित तथा जनजाती बर्गका लागि सीपमुलक आयमूलक कार्यक्रमहरु सिलाई, क्रिष्टल गहना बनाउने तालिम, ब्युटीपार्लर, कपडाको जुत्ता बनाउने जस्ता तालिम र महिलाहरुको प्रजनन स्वास्थसँग सम्बन्धित कपडाको प्याड  बनाउने तालिमबाट १९९ जना महिलाहरु लाभान्वित भएका छन् ।

११.   खेलकूद तर्फ मेयर कप, स्थानीय तह शहिद स्मृति गोल्डकप र राष्ट्रपति रनिङ्ग सिल्ड तथा उपमेयर कप महिला भलिबल प्रतियोगिता, जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता जस्ता खेलकूदको आयोजना गरी नगरका युवा तथा खेलाडीहरुमा खेलकूदको माध्यमबाट स्वस्थता, अनुशासन र नगरको पहिचानमा विशेष भूमिका खेल्ने वातावरण कायम गरिएको छ ।

१२.   उपमहानगरपालिकाका विभिन्न वडाहरूमा रहेका २४ स्थानमा धार्मिक तथा साँस्कृतिक संस्थाहरुलार्इ निर्माण तथा मर्मत सुधारका लागि अनुदान उपलब्ध गराइएको छ । यसैगरी ६ स्थानहरुमा लक्षित वर्गको परम्परागत पेशा तथा व्यवसाय सञ्चालनमा सहयोग गरिएको छ ।

१३.    बाल दिवसको अबसरमा मकवानपुर जिल्लामा रहेका बालगृहका बालबालिकाहरुबीच चित्रकला प्रतियोगिता, जिल्लास्तरीय कविता प्रतियोगिता र बालगृह संचालक तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाबीच अन्तरक्रियात्मक बैठक तथा कार्यक्रम सम्बन्धित क्षेत्रमा क्रियाशील सघं संस्थाहरुसंगको समन्वय र सहकार्यमा भर्चुअल माध्यमबाट सम्पन्न गरिएको छ ।

१४.  किशोर किशोरीहरुलाई सचेतनामुलक कार्यक्रम ८ वटा वडाहरुमा संचालन गरिसकिएको साथै विभिन्न संघ संस्थाहरुको समन्वय र सहकार्यमा  लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न गरिएको छ।

!%    विकास निर्माण र सामाजिक परिचालनमा नागरिकको सहभागितालाई प्रभावकारी बनाउन यस उपमहानगरपालिकामा टोल विकास संस्था गठन, क्षमता विकास र परिचालनको कार्य गत विगत वर्षदेखि नै हुंदै आएकोमा चालु आ.व. को जेष्ठ मसान्तसम्म विभिन्न वडामा नयां थप १६ वटा टोल विकास संस्था गठन भई टोल विकास संस्थाको कूलसंख्या ३४४ पुगेको छ ।

१६      उपभोग्य खाद्य बस्तुको गुणस्तर परीक्षण गर्न सञ्चालित खाद्य परीक्षण प्रयोगशालामा चालु आ.व.मा खुल्ला दूध,  प्रशोधित पिउने पानी,  आइसक्रिम,  मह जस्ता खाद्य बस्तुको ३५ वटा नमूना परीक्षण गरिएको छ ।विभिन्न मितिमा संयुक्त बजार अनुमगन टोलीबाट ४ पटक बजार अनुगमन गरिएको छ ।

१.२.५ सामाजिक सुरक्षा र घटना दर्ता  

१.        सामाजिक सुरक्षा भत्ता तर्फ जेष्ठ नागरिक अन्य (७० बर्ष भन्दा माथि) छ हजार ४६१ जना,  जेष्ठ नागरिक दलित (६० बर्ष भन्दा माथि ७० भन्दा कम) ३९७  जना,  एकल महिला(६० बर्ष भन्दा माथि ७० भन्दा कम) १ हजार ६१८ जना,  विधवा महिला (जुन सुकै उमेर) २ हजार २६८ जना,  पूर्ण अपाङ्गता १९१ जना,  अति अशक्त अपाङ्ग ४४५  जना  र ५ बर्ष मुनिका दलित बालबालिका बाल संरक्षण अनुदान ५५३ जना गरी कूल११ हजार नौ सय ३३ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन्।

२.      राष्ट्रिय परिचयपत्र तथा घटना दर्ता सुदृढिकरण योजना तर्फ स्वीकृत कार्यक्रमहरु मध्ये घटना दर्ता किताबको डिजिटाईजेसन कार्य अगाडि बढेको छ।

३.       चालु आ.व. मा जन्म दर्ता ३ हजार २१५,  मृत्यु दर्ता १ हजार ११९, विवाह दर्ता १ हजार ८८३,  सम्बन्ध विच्छेद १ सय १९ र बसाई सराईका २ हजार १७८ घटनाहरु दर्ता  भएका छन्।

आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरू,

अब आर्थिक विकास तर्फको कार्यक्रममा भएको प्रगतिबारे संक्षिप्त विवरण पेश गर्न अनुमति चाहन्छु।

.  आर्थिक विकास  

१.  चालु आर्थिक बर्षमा कृषि उत्पादनलाई व्यबसायिक बनाउने अभिप्रायले ३६ वटा टनेल निर्माण कार्य चालु आ.व. को अन्त्य सम्ममा सम्पन्न हुने अवस्थामा रहेका छन् ।१3 वटा साना सिचाई आयोजना संचालन भएका छन् ।

२.  कृषक समूह तथा सहकारीमा आबद्ध किसानहरुलाई कृषि पेशामा उत्साहित गराउन ५० प्रतिशत अनुदानमा साना ठुला गरी २१ वटा कृषि यान्त्रिक उपकरण उपलब्ध गराइएको छ ।

३.  कृषि उत्पादन बृद्धिका लागि माटोको गुणस्तर सुधार गर्न उपमहानगरपालिका क्षेत्र भित्रका कृषि योग्य जमिनका लागि किसानहरुलाई ९३ टन कृषि चुन वितरण गरिएको छ ।

४.  उन्नत बाली विकासको लागि विभिन्न बालीको बीउ १२ हजार ९सय के.जी. र मौसम अनुसारका तरकारीको बीउ ७ हजार ९ सय पकेट वितरण गरिएको छ ।

५.  उपमहानगरपालिका क्षेत्रभित्र कृषि उत्पादनमा संलग्न सहकारी तथा कृषक समुहहरुवाट उत्पादन भएका कृषि उपजहरुको संकलन गर्ने प्रयोजनको लागि वडा नं.१३,१५,१६ र वडा नं.१८ मा गरी ४ वटा कृषि उपज संकलन केन्द्र चालु आ. व. को अन्त्यसम्ममा निर्माण सम्पन्न हुने अवस्थामा रहेका छन् ।

६.  मुल्य श्रृंखला कार्यक्रम अन्तरगत कार्यक्रम लागु भएका वडा नं.१७ र १९ का दुई वटा साना किसान कृषि सहकारीमा आवद्ध १० वटा समुहका सदस्यहरुलाई मांगमा आधारित भई विभिन्न वीउ विजन, उपकरणहरु तालीम कार्यक्रम संचालन भएका छन ।

७.  प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना अन्तरगत स्थानीय तहवाट संचालन गर्नेगरी संघीय सरकारवाट प्राप्त सशर्त अनुदानवाट एक एक वटा मेवा पकेट क्षेत्र र तरकारी पकेट क्षेत्र संचालन भईरहेको छ ।

८.  नगरको गौरवको आयोजनाको रुपमा वागमती प्रदेश सरकारसंगको लागत साझेदारीमा हेटौंडा ११ को थानाभर्‍याङ्गमा  प्रादेशिक फलफूल तथा तरकारी थोक केन्द्र निर्माणको लागि ठेक्का सम्झौता भई निर्माणको कार्य अगाडी वढ्ने क्रममा रहेको छ ।

९.  नगर क्षेत्रमा आवश्यक पर्ने अनुदानको रासायनिक मल वितरण गर्न  ३२ वटा कृषि सहकारीहरुलाई विक्रेताको लागि कार्य क्षेत्र सहित किटान गरी रसायनिक मल वितरण गर्ने ब्यवस्था मिलाइएको छ ।

१०. पशुपन्छी विकास तर्फ संघीय सरकार र वागमती प्रदेश सरकारवाट प्राप्त सशर्त अनुदानवाट यस वर्ष ८०/२० को लागत साझेदारीमा ६ वटा गाई पकेट क्षेत्रमा ७५ वटा जर्सि गाई, वंगुर प्रवर्दधनकार्यक्रम अन्तरगत ६ वटा पकेट क्षेत्रमा गरी ३३० वटा वंगुरको पाठा, वाख्रा प्रवर्दधनकार्यक्रम अन्तरगत ५ वटा पकेट क्षेत्रमा १३० वटा पाठी तथा ५ वटा वोयर जातको पाठा वितरण गरिएको  छ ।

११. उपमहानगरपालिकाको आन्तरिक श्रोत परिचालन गरी कोभिड १९ को प्रभाववाट वैदेशिक रोजगारीबाट फर्केका तथा वेरोजगार युवाहरु, एकल तथा विपन्न महिला समेतको आय आर्जनको लागि उन्नत गाई २९ वटा, कुखुरा पालन, वाख्रापालनका लागि अनुदान वितरण, परम्परागत पेशाको संरक्षणको लागि आरन सुधार, कृषि उत्पादन अभिवृद्धीको लागि टनेल निर्माण, अदुवा, खुर्सानी, आलु उत्पादनमा अनुदान कार्यक्रम संचालन गरिएको छ ।

१२. कृषकहरुवाट संकलन गरिएको दूग्ध संकलन गर्ने दुईवटा सहकारीहरुलाई चिलिंग भ्याट र मिल्क एनालाईजर सहयोग गरिएको छ ।

१३. विगत वर्षहरु देखि संचालन हुदै आएको पशुको कृतिम गर्भाधान कार्यक्रम चालु आ.व. मा समेत नि:शुल्क रुपमा संचालन भइरहेको छ ।

१४. नगरका ४ वटा सेवा केन्द्रहरु मार्फत पशुमा लाग्ने विभिन्न रोगको लागि आवश्यक औषधीहरु नि:शुल्क वितरण कार्य भएको छ भने मौसम अनुसारको घाँसको वीउ सेवा केन्द्र मार्फत वितरण भईरहेको छ ।

१५. पशुहरुमा आकस्मिक रुपमा लाग्ने खोरेत, पीपीआर, भ्याकुते रोगहरुको नियन्त्रणको लागि खोप लगाउने कार्य सम्पन्न भएको छ ।

१६. साना कृषक सहयोग कार्यक्रम अन्तरगत ४२ वटा खोर तथा गोठ निर्माण मर्मत सुधारको कार्यक्रम सम्पन्न भएको छ ।

१७. साविक जिल्ला विकास समितिमा दर्ता भई यस कार्यालयमा नवीकरणका लागि आएका घ वर्गको निर्माण व्यवसाय इजाजत मध्ये चालु आ.व.मा २९५ नविकरण, ठाँउसारी ५ वटा, नयाँ इजाजत ११ वटालाई जारी गरिएको छ ।

१८. चालु आ.व.वाट स्थानीय तह मार्फत संचालन भईरहेको गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यम विकास समूहगठन भई PRA,SYBP, उद्यमशिलता विकास तालीम सम्पन्न भएको छ ।

१९. उपमहानगर क्षेत्रवाट परिचालन हुने गरी यस कार्यालयमा अभिलेख प्राप्त भएका करिव २१८ वटा सहकारीहरुलाई नजिकको सम्पर्क विकास गरी नियमित रिपोर्टिंग र नियमनको वातावरण सिर्जना गर्न वडा स्तरमा नै भेला गरी ८ वटा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

२०. सहकारीहरुको क्षमता विकासको लागि सम्वन्धित विषयगत संस्थासंगको सहकार्यमा सहकारी ब्यवस्थापन तथा लेखा तालीम २ वटा सम्पन्न भएको छ ।

२१. हेटौंडा १५ स्थित चुरियामाइ मन्दिर परिसरमा रहेको दक्षिण एशियाकै पहिलो मानव निर्मित चुरे सुरुंगका डिजाइनर बिग्रेडियर जनरल ई. स्व.डिल्लीजंग थापाको अर्धकदको प्रतिमूर्ति स्थापना गर्ने कार्य सम्पन्न भएको छ ।

२२. सुविख्यात भूगर्भविद टोनी हेगनको सम्मानमा हेटौंडा १० स्थित बसपार्क क्षेत्रमा निर्माणाधिन टोनी हेगन पार्कको गुरुयोजना अन्तर्गत संघ र प्रदेश सरकार समेतको बजेटबाट पर्खाल निर्माण, एरोविक सेड निर्माण र उद्यान सहित टोनी हेगनको प्रतिमा निर्माण को कार्य चालु अवस्थामा रहेको छ ।

२२. भूमि सम्वन्धी समस्या समाधान आयोगवाट भएको निर्णय र यस कार्यालय तथा आयोग वीच मिति २०७७।८।२५ गते सम्पन्न भएको सम्झौता वमोजिम उपमहानगरपालिकाको १९ वटा वडामा भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अब्यवस्थित वसोवासीहरुको तथ्यांक संकलन भई रुजु गर्ने कार्य सम्पन्न भएको छ ।

२३. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार सूचीमा सुचिकृतहरुलाई लक्षित गरीनगरका वडा नं. १,२,७,८,१२,१३,१४,१८ र १९मा कुलो मर्मत, पोखरी निर्माण, बाटो निर्माण,ढुंगाको पर्खाल निर्माण, पर्यटन स्थल मर्मत, सिंचाई कुलो खन्ने जस्ता कार्यहरू संचालन भई ३२७ सुचिकृत बेरोजगर ब्यक्तिहरु परिचालन गरिएको च। आगामी आ. व.को लागि ८२३ जना बेरोजगार यूवा सूचिकृत गरिएको छ।

२४.  नेपाल सरकार, श्रम रोजगार तथा गरिवी निवारण मन्त्रालय र स्वीटरजरल्यान्ड सरकारको साझेदारी सम्झौता बमोजिम यस उपमहानगरपालिका समेतमा संचालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी परियोजना) अन्तर्गत उपमहानगरपालिका र सेवा प्रदायक संस्था  IVDS बीच भएको सम्झौता बमोजिमका कार्यहरु सम्पन्न भएको छ ।

 

 

 

आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरू,

अब म सुशासन तथा सूचना प्रविधि  क्षेत्र तर्फको कार्यक्रममा भएको प्रगतिबारे संक्षिप्त विवरण पेश गर्ने अनुमति चाहन्छु।

 

. सुशासन तथा सूचना प्रविधि   

.. सुशासन/सेवा प्रवाह

उपमहानगरपालिकाको सेवा प्रबाहलाई व्यबस्थित गर्न एवम् कानून बमोजिम स्थानीय तहलाई प्राप्त जिम्मेवारी र अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्न चालु आर्थिक बर्षमा ऐन ४, कार्यविधि ७, निर्देशिका ३ र मापदण्ड ३ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ।

चालु आ.व.मा उपमहानगरपालिका कार्यालयबाट प्रबाह गरिएको सामान्य सेवा तर्फ नागरिकता सिफारिस ३ हजार ८९६, नागरिकता प्रतिलिपि सिफारिस ३ हजार ५८९, चौहद्धी सिफारिस ९ हजार ७८७, नाता प्रमाणित सिफारिस १ हजार ८०, खानेपानी धारा जडान सिफारिस १ हजार ९५, विजुली जडान सिफारिस १ हजार ७१५, बस्तुगत विवरण ८ हजार ८२७, जग्गा नामसारी सिफारिस १ हजार ७५७, नाता सम्बन्ध सिफारिस ८१२ र अन्य सिफारिसहरु ३६ हजार ९७९ रहेका छन्।

 

.. चना प्रविधि

१. सुशासन र सेवा प्रवाहमा सहजता ल्याउन चालु आ.ब.को यस अवधिमा उपमहानगरपालिका कार्यालय र वडा कार्यालयहरु विच ६५ कि.मि. अप्टिकल फाईबर सहित वडा नेटवर्किङ्ग कार्यक्रम सम्पन्न भई संचालन भैसकेको छ।

२.  कार्यालयको गतिविधि, सेवा प्रवाहको जानकारी एवम् सार्वजनिक सूचना प्रवाह गर्न  कार्यालयले संचालन गरेको वेभसाईट, फेसबुक पेज तथा अन्य सामाजिक संजालहरु नियमित अपडेट भैरहेको छ।

३. उपमहानगरपालिकाको राजश्व संकलनलाई समय सापेक्ष प्रविधिमैत्री बनाउन मोबाईल एप्स प्रयोग गरी घर बाट नै कर तिर्ने व्यबस्थाको लागि आवश्यक सफ्टवेयर जडान गरिएको साथै सेवा संचालनको अबस्थामा पुगेको छ।

४. उपमहानगरपालिकाका  कर्मचारी र सामुदायिक बिद्यालयका शिक्षक तथा कर्मचारीहरुको बैयक्तिक बिबरण राख्ने  एवम् बिद्यालयको चौमासिक तथा मासिक तलब निकासाको लागि सफ्टवेयर तयार भई कार्यान्वयनको चरणमा रहेको छ।

५. अपाङ्गता भएका ब्यक्तिहरुको रंगिन परिचय पत्र  साथै सामाजिक सुरक्षा लाभग्राहीहरुको रंगिन परिचय पत्र प्रिन्ट गर्ने सफ्टवेयर तयार भई कार्यान्वयनको चरणमा रहेको छ।

६. उपमहानगरपालिका भित्र रहेका सबै सामुदायिक बिद्यालयहरुको  विभिन्न गतिविधि र बिबरण समेटिने एकिकृत सूचना प्रणाली सहितको बिद्यालयहरुको वेभसाईट निर्माण हुने क्रममा रहेको छ।

७. कार्यालयको गतिविधि एवम् सार्वजनिक सूचना प्रवाहमा रेडियो,पत्रपत्रिका, अनलाईन मार्फत नियमित सूचना प्रकाशन तथा प्रशारण भैरहेको छ।

८. न्यायिक समितिमा दर्ता हुन आएका बिबाद, गतिबिधि तथा निर्णयहरु डिजिटाईज गर्न सफ्टवेयर निर्माण भई कार्यान्वयनको चरणमा रहेको छ।

१.५ वातावरण, विपद व्यवस्थापन र फोहोरमैला व्यवस्थापन

 

१.  नगरको सौन्दर्य अभिबृद्धिका लागि सडक किनारा बृक्षारोपण एवम् फूल विरुवा रोपन कार्यक्रमलाई महत्वका साथ अघि बढाइएको छ।चालु आ.व. मा प्रमुख बजार क्षेत्र भित्रका सडक तथा शाखा सडक पेटिमा ११ हजार २ सय थान फूल विरुवा रोपिएको छ ।

२.  यात्रुको विश्रामका लागि नगरका शाखा तथा उपशाखा, चोक, चौतारा मठ मन्दिरमा विश्राम गर्न ६४ थान सिमेन्ट बेन्च तथा १६५ वटा गमला राखिएको छ ।

३.  मुख्य बजार क्षेत्र लगायत अन्य सार्बजानिक स्थानहरुमा रहेका खतराजन्य बोट विरुवा छाँट काट गर्ने कार्य नियमित रुपमा गरिएको छ । क्यारी निर्माण कार्य तथा कर्भस्टोनमा रंग लगाउने कार्य गरिएको छ ।

४.  वडाको विभिन्न सडकको खाल्डो पुर्ने, प्याचिङ्ग तथा ढलान गरिएको छ । लेदोजन्य सेफ्टि ट्यांकको फोहर व्यवस्थापन गरिएको छ । बारुणयन्त्र चालकहरुका लागि सेफ्टि गियर्सको व्यवस्था गरिएको छ ।

५.  उपमहानगरपालिकाको विभिन्न वडाको खोला, खहरेमा वाढीजन्य प्रकोप सम्भावित जोखिम क्षेत्र पहिचान गरिएको छ । विभिन्न क्रशर तथा बालुवा प्रशोधन उद्योगको अनुगमन गरीउद्योग व्यवसायबाट उत्सर्जन भएको प्रदुषण उपरको उजुरी तथा गुनासो समाधान गर्न उद्योगको अनुगमन गरी प्रदुषण मापन गरिएको छ ।

६.   चालु आ.व. मा ४१ वटा वेवारिसे लास सतगत गरिएको छ । विभिन्न वडाहरुमा आवश्यकता अनुरुप ‌औषधी डिसइन्फेक्टेन्ट छर्ने, नाला सफाइ, सडक छेउको झार फडानी कार्य गरिएको छ ।

७.  फोहोरमैला व्यवस्थापनका लागि उपमहानगरपालिका क्षेत्रभित्रका १८ नं. वडा बाहेक सम्पुर्ण वडाहरुमा सडक सन्जालले सम्भब भएका क्षेत्रभित्र सेवाग्राहीको माग अनुरुप क्षेत्र विशेष हप्तामा ४ दिन, महिनामा ४ दिन र महिनामा २ दिन सशुल्क घरदैलो फोहोर संकलन सेवा साझेदार संस्था ग्रिन एण्ड क्लिन सिटि सर्भिस प्रा.लि. हेटौंडा ७ मार्फत सन्चालनमा रहेको छ ।

  • नगर क्षेत्रमा संकलन हुने फोहरमैलाको अन्तिम विसर्जन स्थल जाने बाटोमा जथाभावी फोहोर फाल्ने प्रवृतिलाई नियन्त्रण गर्न उक्त स्थानमा सिसिटिभी जडान गरिएको र सूचनामुलक होडीङ बोर्ड राखिएको छ ।

  • कार्यालयबाट विभिन्न स्थानको आगलागी नियन्त्रणका लागि १७३ पटक वारुण यन्त्र सेवा उपलब्ध गराइएको छ ।

  • उपमहानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७८ पारित गरिएको छ ।

  • हेटौडा १० स्थित फरेष्ट्रि क्याम्पसको वन क्षेत्रभित्र वन्यजन्तु संरक्षण पोखरी निर्माण कार्य अन्तिम चरणमा रहेको छ।

  • हेटौडा १ स्थित नकौली स्वास्थ चौकीमा खानेपानीको समस्या समाधान गर्न रेन वाटर हार्भेस्टिङ्ग योजना सम्पन्न हुने अवस्थामा रहेको छ ।

  • बैकल्पिक उर्जा प्रवर्दधनकार्यक्रम अन्तर्गत विभिन्न वडामा ३५ वटा बायोग्याँस निर्माण कार्य अन्तिम अवस्थामा रहेको छ।

  • फोहरमैला व्यवस्थापनका लागि माग र औचित्यताका आधारमा विभिन्न संघ, संस्थाहरुलाई डस्टबिन वितरण गरिएको छ।

  • विश्व वातावरण दिवसको अवसरमा विरुवा रोपण साथै भर्चुएल विधिबाट विभिन्न कार्यक्रम गरी मनाइएको छ।

  • हेटौडा १० स्थित बसपार्क क्षेत्रमा निर्माण हुने आधुनिक बस टर्मिनल भवनको संक्षिप्त वातावरणीय प्रभाव अध्ययन गरिएको छ।वडा नं ४ स्थित हुप्रचौरमा निर्माण हुने भ्यूटावर सहितको बहुउद्वेश्यीय व्यापारिक भवनको प्रारम्भिक वातावरणीय परीक्षण कार्य हुँदै गरेको छ।

 

१.६ न्यायिक समिति  

 

न्यायिक समिति अन्तर्गत चालु आ.व. मा नयाँ दर्ता भएका मुद्धा संख्या १६०,  प्रक्रियामा रही अघिल्लो बर्षबाट जिम्मेवारी सरेका मुद्धा १८ गरी कूलमुद्धा १७८ रहेको छ । जसमध्ये मिलापत्र भएको ७१,  सम्बन्धित स्थानीय तहमा जान सुनाइएको १, मिलापत्र हुन नसकेको १५, अदालत जान सुनाइएको ४ र प्रक्रियामा रहेको ८०, मुद्धा फिर्ता २, फैसला १, डिसमिस फैसला ३, विपक्षी उपस्थित नभएको १ मुद्धा रहेका छन । यस आ.व. मा समितिको स्वीकृत कार्यक्रम अन्तर्गत मेलमिलापकर्ताको पाक्षिक न्यायिक डबली रेडियो कार्यक्रम,  समुदाय तहका समस्या, विवादका बारेमा महिला जनप्रतिनिनिधिहरुसंगको रेडियो सम्बाद कार्यक्रम, सन्देशमुलक पकेट क्यालेन्डर छपाई कार्य सम्पन्न भएका छन् । समितिको गतिविधि र न्यायिक विषयबस्तु समेटिएको न्यायिक दर्पण स्मारिका प्रकाशनको क्रममा रहेको छ ।

आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरू,

अब म आन्तरिक तथा बाह्य राजस्व परिचालनको क्षेत्रतर्फ भएको प्रगतिबारे संक्षिप्त विवरण पेश गर्ने अनुमति चाहन्छु।

१.५.१ आन्तरिक राजस्व परिचालन

चालु आर्थिक वर्षका लागि आन्तरिक श्रोतर्फ रु. २० करोड २४ लाख ७९ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९४.७३ प्रतिशत अर्थात् रु.१९ करोड १८ लाख ९ हजार राजस्व संकलन भईसकेको अवस्था छ ।  संघीय सरकार र प्रदेश सरकारबाट राजस्व बांडफाँटतर्फ रु.५५ करोड ३ लाख ४४ हजार प्राप्त हुने लक्ष्य लिएकोमा ६७.८४ प्रतिशत अर्थात् रु.३७ करोड ३३ लाख ३२ हजार प्राप्त भइसकेको अवस्था छ ।

१.५.२ बाह्य राजस्व परिचालन 

बाह्य राजस्व परिचालन अन्तर्गत संघीय सरकारबाट समानीकरण र सशर्त अनुदानतर्फ रु.१ अर्ब ४ करोड २८ लाख ३४ हजार अनुमानित बजेटमा ९७.५९ प्रतिशत अर्थात् रु.१ अर्ब १ करोड 77 लाख 40 हजार प्राप्त भइसकेको अवस्था छ । बागमती प्रदेश सरकारबाट समानीकरण, सशर्त र समपूरक अनुदानतर्फ रु. ८ करोड 35 लाख 98 हजार अनुमानित बजेटमा शत प्रतिशत प्राप्त भईसकेको छ ।

आन्तरिक, बाह्य राजस्व परिचालन र गत वर्षको मौज्दात सरेको रकम समेत कूल रु.२ अर्ब ५३ करोड ३९ लाख ३४ हजार संशोधित बजेट अनुमानमा हाल सम्म १०६.२५ प्रतिशत अर्थात रु.२ अर्ब ६९ करोड २२ लाख ९३ हजार राजश्व/आय प्राप्त भैसकेको छ।

 

 

आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरू,

 

अब म उपमहानगरपालिकाको बजेट तथा खर्च (चालु र पूंजिगत) को वित्तीय प्रगतिबारे संक्षिप्त विवरण पेश गर्ने अनुमति चाहन्छु।

 

. बजेट तथा खर्चको विवरण

..१.     चालू तर्फ

यस शिर्षक अन्तर्गत रू. १ अर्ब १९ करोड ४ लाख ७० हजार बजेट बिनियोजन भएकोमा रू. ८२ करोड ६४ लाख ३३ हजार खर्च भई ६९.८२ प्रतिशत प्रगति हाँसिल गरिएको छ ।

 

.. पूँजीगत तर्फ

यस शीर्षकमा कूल बजेट रकम रू. १ अर्ब ३३ करोड ७४ लाख ६३ हजार  विनियोजन भएकोमा हालसम्म रु. ५० करोड ३२ लाख ४० हजार खर्च हुन गई वित्तीय प्रगति ३७.६३ प्रतिशत हुन गएको छ ।

..३ वित्तीय व्यबस्था

वित्तीय व्यबस्था अन्तर्गत रू. ६० लाख बजेट बिनियोजन भएकोमा रू. ५६ लाख ८२ हजार खर्च भई ९४.७१ प्रतिशत प्रगति हाँसिल गरिएको छ ।

संशोधित कूल बजेट रु.२ अर्ब ५३ करोड ३९ लाख ३४ हजार विनियोजन भएकोमा हालसम्म ५२.७० प्रतिशत अर्थात् रु.१ अर्ब ३३ करोड ५३ लाख ५६ हजार खर्च भएको अबस्था  छ।

चालु आ.व. का स्वीकृत योजनाहरु सम्झौता भई कार्य सम्पन्न हुने क्रममा रहेकोले यसको वित्तीय प्रगति आ.व.को अन्त्य सम्ममा वृद्धि हुने देखिन्छ ।

 

आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरू,

अब म उपमहानगरपालिकाको विकासका चुनौती र अवसरहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

 

.   चुनौती तथा अवसर

माथि प्रस्तुत गरिएको चालू आर्थिक बर्षको २०७८ जेठ मसान्त सम्मको अवधिको वित्तीय तथा भौतिक प्रगति विवरणको आधारमा तयार गरिएको संक्षिप्त समीक्षाको प्रवृत्ति विश्लेषण गर्दा आर्थिक बर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम कार्यान्वयन गर्न केही चुनौती तथा अवसरहरू रहेको देखिएको छ ।

२.१ चुनौतीहरू

१. नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संशोधन सहित) बमोजिमका व्यवस्थाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने,

२. सात तहको योजना प्रक्रिया पूरा गरी योजना माग, छनौट, प्राथमिकीकरण र कार्यान्वयनमा कानूनी व्यवस्था अनुरूपको उत्तरदायित्व पूरा गर्न स–साना योजनालाई वडा तहबाट सम्बोधन गर्न लगाई मझौला आकारको योजनामा उपमहानगरपालिकाको बजेटलाई केन्द्रित गर्ने ।

३. पर्याप्त जनशक्ति र तिनको प्रभावकारी परिचालनबाट तोकिएका कार्यहरू समयमा र गुणस्तरयुक्त रूपमा सम्पादन गर्ने ।

४. उपभोक्ता समितिको काम कारवाहीमा पारदर्शीता, जवाफदेहीता र अर्थपूर्ण जनसहभागिता कायम राख्ने,

५. ठेक्का तथा उपभोक्ता समिति मार्फत गरिने कार्य समयमा सम्पन्न गर्ने ।

६. गैर–सरकारी संस्था क्षेत्रको बजेट, कार्यक्रमलाई उपमहानगरपालिकाको प्राथमिकता क्षेत्रमा केन्द्रित गर्ने ।

७. दिगो विकासको लक्ष्य प्राप्त गर्न नीति तथा कार्यक्रममा लक्ष्यहरूलाई स्थानीयकरण  गर्ने ।

८. विश्‍वव्यापी रुपमा देखा परेको महामारी कोभिड -१९ को संक्रमणको सामना गर्न बजेट तथा जनशक्ति व्यवस्थापन गर्ने ।

 

आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरू,

 

माथि उल्लिखित चुनौती रहँदा रहँदै पनि यस उपमहानगरपालिकाको सामाजिक, आर्थिक, वातावरणीय तथा भौगोलिक विशिष्टताको कारण अवसर र सम्भावना धेरै रहेका छन् ।जसलाई संक्षिप्त रूपमा प्रस्तुत गर्न चाहन्छौं ।

 

.२ अवसर तथा सम्भावनाहरु

१. मुलुकको मध्य भागमा रहेको र राष्ट्रिय राजमार्गहरुको सहज पहुँच,

२. प्रदेशको राजधानी शहर,

३. नेपालको मुख्य प्रबेशद्वार व्यापारिक नगर बीरगञ्ज र सघीय राजधानी काठमाण्डौबाट नजिक,

४. हावापानी तथा जलवायुको दृष्टिबाट आवासीय शहरको सम्भावना भई तीब्र शहरीकरण हुदै गरेको,

५. मुलुककै जेठो औद्योगिक क्षेत्र स्थापना भइ औद्योगिक गतिविधि बढ्न गएको र हाल हेटौंडा १४ स्थित मयूरधापमा  नयाँ औद्योगिक क्षेत्रको स्थापनाको निर्णयले औद्योगिक शहरको रुपमा विकास हुनसक्ने

६. कृषि एवम् गैर कृषि प्रणालीमा आधारित सीप वृद्धि गरी थप रोजगारी एवम् आय आर्जनको बाटो तय

गर्ने,

७. सार्वजनिक निजि साझेदारीको अवधारणा अनुसार विकासमा समन्वयात्मक सहभागिता बढाउन सकिने,

८. उपमहानगरपालिका र यसको आसपासका क्षेत्रमा रहेका धार्मिक ऐतिहासिक सम्पदा एवम् उष्णदेखि शितोष्ण जलबायु भएका विविधतायुक्त प्राकृतिक सौन्दर्य स्थानहरु समेटी उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने,

९.  सहकारीको दह्रिलो आधारका रूपमा रहेको कृषि (धान, गहुँ, मकै) दुग्ध, फलफूल, तरकारी र नगदेवाली उत्पादनको लागि सामुदायिक परिचालन  मार्फत सहकार्य गर्न सकिने,

१०.खनिज तथा नदीजन्य  पदार्थको व्यवस्थित उत्खनन् र उपयोगबाट नगरपालिकाको विकास निर्माण तथा आयश्रोत बढाउन सकिने ।

 

आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरू,

अब म उल्लेखित चुनौती र अवसरलाई विश्लेषण गर्दा तिनलाई सम्बोधन गर्न आगामी आर्थिक वर्ष २०७८/७९ को  बजेटको प्राथमिकता र उद्देश्य तथा क्षेत्रगत प्रमुख नीतिहरू बारेमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

३. योजना, कार्यक्रम तथा बजेट तयार गर्दा निम्न बिषयहरुलाई मुख्य प्राथमिकता एवम् उद्धेश्यको रुपमा राखिएको छ :

३.१ प्राथमिकता

  • आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने,

  • उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने,

  • जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने,

  • स्थानीय सहभागिता जुट्ने, स्वयंसेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने,

  • स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग हुने,

  • महिला, बालबालिका तथा पिछडिएका क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने,

  • लैंगिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि हुने,

  • दीगो विकास, बातावरणीय संरक्षण तथा सम्बर्दन गर्न सघाउ पुर्याउने,

  • भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सदभाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्याउने,

  • पर्याप्त हरियाली सहितको व्यवस्थित शहरीकरण, फूलैफूलको शहर,

  • शिक्षा, स्वास्थ्य क्षेत्रको गुणस्तरियता एवम् सबलीकरण,

  • कोभिड-१९ को संक्रमण तथा विपद् न्यूनीकरण र व्यवस्थापन,

  • सबै प्रकारका सामाजिक विभेद अन्त्य भएको मानवियताको शहर,

  • समाबेशी, सन्तुलित र दीगो विकास,

  • गुणस्तरीय सेवा प्रवाह तथा संस्थागत विकास,

  • उद्यमशिलताको विकास, कृषिको व्यवसायीकरण।

३.२ उद्देश्यहरू

१. विकासको लागि आर्थिक, सामाजिक, भौगोलिक पूर्वाधारहरु खडा गर्ने,

२. शासनमा सुधार र सेवा प्रवाहमा जनताको सहज पंहुच वृद्धि गर्ने,

३. आन्तरिक क्षमता विकास र सुदृढीकरणमा जोड दिने,

४. लक्षित एवम् समावेशी विकासको अवधारणालाई आत्मसात गर्ने,

५. गरिबी न्यूनीकरण तथा जनजिविकामा टेवा पुर्याउने,

६. कोरोना संक्रमणको न्यूनीकरण र नागरिकको जीवन रक्षा गर्ने,

७. सन्तुलित एवम् दिगो विकास हासिल गर्ने,

८. समृद्ध नगर सुखी नगरवासीको अवस्था हासिल गर्ने ।

आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरू,

अब म आर्थिक बर्ष २०७८।७९ मा राखिएको प्राथमिकता र उद्देश्य  कार्यान्वयन गर्दा अवलम्बन

गरिने प्रमुख क्षेत्रगत नीतिहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

४. प्रमुख नीतिहरु

४.१   सुशासन र सेवा प्रवाह

  • जनताको लागि प्रदान गरिने दैनिक प्रशासनिक सेवालाई झन्झटमुक्त, छिटोछरितो, सर्वसुलभ,

जनमुखी र पारदर्शी बनाई एकद्धार प्रणालीमा आबद्ध गरिने छ ।

  • सार्वजनिक प्रशासनलाई भ्रष्टाचार मुक्त बनाई शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ ।

  • उपमहानगरपालिका तथा वडा कार्यालयहरुमा गुनासो र सुझाव पेटिकाको ब्यवस्था गरिने छ।

  • जनताको गुनासोलाई सम्बोधन गर्न जनप्रतिनिधीको संयोजकत्वमा एक गुनासो सुनवाई समिति

गठन गरिने छ

  • उपमहानगरपालिका तथा वडा कार्यालयहरुमा नागरिक वडापत्रको ब्यवस्था गरिनेछ ।

  • सेवा प्रवाहको प्रभावकारिता मापन गरीसमसामयिक सुधार गर्नका लागि निरन्तर अनुगमन

मूल्यांकनको संयन्त्र खडा गरिने छ।

  • सार्वजनिक सेवा प्रवाहमा सकारात्मक बिभेदको नीति लिईनेछ।

  • उपमहानगरपालिकाका जनप्रतिनिधिहरु तथा कार्यरत कर्मचारीहरुको क्षमता विकास तालिम,

अनुभव आदान प्रदानका लागि सिकाइ भ्रमण कार्यक्रमको व्यवस्था मिलाईनेछ ।

  • दैनिक प्रशासनलाई छिटो छरितो बनाउन विद्युतीय दर्ता चलानी तथा आबेदन प्रणाली लागू

गरिनेछ ।

  • वेभसाइट मार्फत उपमहानगरको सम्पूर्ण सूचना सार्वजनिक गर्ने कार्यलाई अझ प्रभावकारी

उपमहानगरपालिकाको सेवा प्रवाह तथा काम कारवाहीका सम्बन्धमा नियमित रुपमा सार्वजनिक

सुनुवाई तथा सामाजिक परीक्षण गर्ने कार्यलाई प्राथमिकता दिईनेछ  ।

११. स्वीकृत वार्षिक कार्यक्रम र योजना प्रभावकारी रुपमा संचालन गर्न वार्षिक खरीद योजना र

कार्यक्रम कार्यन्वयन तालिका निर्माण गरिने छ ।

१२. नजिकका अन्य स्थानीय तहहरुसंग साझा हितका सवालहरु र संयुक्त लगानीमा निर्माण योजनाहरु

संचालन गर्न संयुक्त संयन्त्र बनाई साझेदारीमा परियोजना संचालन गर्न आवश्यक प्रयास गरिनेछ ।                     १३. नगरको विकास तथा सार्वजनिक क्षेत्रमा उत्कृष्ट योगदान एंव सहयोग गर्ने विशिष्ट व्यक्तित्वहरुलाई

सम्मान गरिने छ ।

१४. नगरको विकासमा संचार जगतबाट भएको र हुनसक्ने रचनात्मक सहयोगको उच्च मूल्यांकन गर्दै नेपाल पत्रकार महासंघले संचालन गरेको पत्रकार पेन्सन कोषमा आबश्यक सहयोग गरिने छ।संचारकर्मी  पत्रकारहरुसंग आबश्यक समन्वय, सहकार्य गर्दै महासंघ मार्फत संचारकर्मीको क्षमता विकास र संस्थागत विकासमा सहयोग गरिने छ। संचारकर्मीलाई प्रदान गर्दै बिकास पत्रकारिता पुरस्कारलाई निरन्तरता दिइने छ।

१५. हेटौंडा उपमहानगरपालिकाबाट स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) सूचक र राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगको कार्य सम्पादन मूल्यांकन सूचकहरुमा आधारित भई नीति तथा कार्यक्रम कार्यान्वयन गरिने छ।

.. कर्मचारी प्रशासन

  1. विज्ञ परामर्शदाताको सहयोगमा उपमहानगरपालिकाको कार्य बोझ बिश्लेषण सहितको संगठन

संरचना, कर्मचारी दरवन्दी पूनरावलोकन गरी रिक्त स्थायी दरवन्दीहरु पूर्ति गरिनेछ।

२.  कर्मचारी प्रशासनलाई क्षमता विकासका तालिम तथा नवीनतम प्रविधिको ज्ञान मार्फत प्रतिष्पर्धी र प्रभावकारी बनाईनेछ।

३. कार्यरत कर्मचारीहरुको बहुआयामिक क्षमता विकास गरी आवश्यकताको आधारमा कार्य सम्पादन

गर्ने जिम्मेवारी दिईनेछ।

४. कर्मचारीलाई कार्य सम्पादनका आधारमा दण्ड र पुरस्कारको व्यवस्थालाई निरन्तरता दिई प्रत्येक वर्ष कार्यरत कर्मचारीहरु मध्येबाट बढीमा दुई जना कर्मचारीलाई उत्कृष्ट कर्मचारीको रुपमा छनौट गरी पुरस्कृत गरिनेछ।

५. उपमहानगरपालिकामा स्थायी पदमा कार्यरत रही २५ बर्ष सेवा अबधि पुगेका कर्मचारीहरुलाई दीर्घ

सेवा पदकबाट सम्मान गरिने छ।

४.३. आर्थिक विकास

  • “आर्थिक समृद्धिको आधार कृषि प्रसार” भन्ने मूल नाराका साथ कृषि उत्पादनमा व्यावसायीकरण, आधुनिकीकरण, यान्त्रिकरण तथा बजारीकरणमा विशेष जोड दिदै सामूहिक खेती प्रणाली विकास गरी कृषि क्षेत्रलाई आत्मनिर्भर र मर्यादित बनाउने नीति अवलम्वन गरिनेछ।

२. बढ्दो जमीनको खण्डीकरण र कृषि भूमि माथिको अतिक्रमणलाई नियन्त्रण गर्न जग्गाको वर्गीकरण गर्ने कार्य सम्पन्न गरिने छ।

३. नगरभित्र संचालनमा रहेको कृषि सूचना केन्द्र र कृषि पाठशालाहरुलाई निरन्तरता दिई यसलाई प्रत्येक वडामा बिस्तार गरिने छ।

४. तरकारी उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउन उन्नत प्रबिधी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम संचालन गरिने छ।

५.       नगरवासीलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन साना सिचाई कार्यक्रमलाई प्राथमिकता  दिइनेछ ।

६. कृषि उत्पादनलाई ब्यवसायिक वनाउन उन्नत वालीको वीउ वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

७. कृषि क्षेत्रमा नगरलाई आत्मनिर्भर वनाउन फलफुल तरकारी पकेट विस्तार गरी कृषि उत्पादन अभिबृद्धि गर्न जोड दिइनेछ ।

८. कोभिड १९ को महामारीवाट प्रभावित भई वैदेशिक रोजगारीवाट फर्किएका साथै वैदेशिक रोजगारीमा जाने कार्यलाई निरुत्साहन गर्न तथा एकल तथा विपन्न महिलाहरुको आय आर्जनमा टेवा पुर्याउन आवश्यक कार्यक्रम सञ्चालन गरिने छ ।

९. कृषि उत्पादनलाई वृद्धी गर्न माटो परिक्षण कार्यलाई विशेष जोड दिइनेछ ।

१०. कृषि उत्पादनको बजारीकरण र उपभोक्तालाई सुपथ मुल्यमा कृषि उपज उपलब्ध गराउन हेटौँडा–११ थानाभर्याङ्गमा निर्माण भैरहेको प्रदेशिक कृषिथोक बजार केन्द्र मार्फत गरिनेछ ।

११. गृहिणी महिलाहरुको खेर गएको समय सदुपयोग गर्ने र अर्गानिक तरकारी उत्पादन कार्यमा प्रोत्साहन गर्न मुख्य बजार क्षेत्रको वडाहरुमा कौशी खेती कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।

१२. कृषि पेशालाई व्यवसायिक बनाउन कृषि यान्त्रिकरण अनुदानमा जोड दिइनेछ ।

१३. युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइनेछ ।

१४. विगत वर्षमा संचालन हुदै आएको नि:शुल्क पशु गर्भाधान कार्यलाई निरन्तरता दिइनेछ ।

१५. उपमहानगरपालिका क्षेत्रमा हाल संचालनमा रहेका चार वटा पशु सेवा केन्द्रको संख्या विस्तार गरी सहज सेवा उपलब्धतामा जोड दिइनेछ ।

१६. पशुपालन कार्यक्रममा युवा, विपन्न तथा गरिव एकल महिलालाई प्रोत्साहनको लागि अनुदान कार्यक्रमको व्यवस्था गरिनेछ ।

१७. नगरलाई दूध र मासुमा आत्मनिर्भर बनाउने कार्यक्रम अन्तर्गत दूग्ध उत्पादक किसान र पशुपालक किसानलाई अनुदान प्रदान गर्न आवश्यक समन्वयात्मक कार्य गरिनेछ ।

१८. भूमि सम्वन्धी समस्या समाधान आयोग मार्फत संचालनमा रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अब्यवस्थित वसोवासीहरुको लगत संकलनको कार्य सम्पन्न भई सकेकोमा वांकी कार्य आयोगबाट प्राप्त निर्देशन अनुसार अघि बढाइनेछ ।

१९. नियमित रुपमा कानून पालना गरी संचालन भए बाहेकका सहकारीको कानून वमोजिम संख्या कटौती गरिनेछ ।

२०. सहकारीहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न कार्यक्रम संचालन गरिनेछ ।

२१. गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमको निरन्तरता दिइनेछ र उद्यमी छनोट भई सकेका ब्यक्तिहरुलाई ब्यवसायीकता अभिवृद्धीको लागि आवश्यक कार्यक्रमको ब्यवस्था गरिनेछ ।

२२. उद्यमीहरुबाट उत्पादित सामग्रीको बजारीकरणमा जोड दिइनेछ ।

२३. नगरक्षेत्रमा संचालनमा रहेको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम लगायतबाट छनोट भएका उद्यमीहरुलाई उद्यमशिलता विकासको लागि प्रविधि सहयोग र स्तरोन्नती कार्यक्रम नियमित संचालन गरिनेछ ।

२४. नगरका विपन्न र बेरोजगार युवाहरुलाई लक्षित गरी लघु उद्यम कार्यक्रममार्फत उद्यमशीलताको विकास गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ।

२५. नगर क्षेत्रका पर्यटकिय क्षेत्रको विकासका लागि मर्मत जिर्णोधार संरक्षण र निर्माण कार्यलाई प्राथमिकतादिइने छ ।

२६. विगत वर्षहरु देखि संचालनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत नगर क्षेत्रमा रहेका वेरोजगार सुचीमा सुचिकृत कादारहरुलाई विकास कार्यमा अधिकतम परिचालन गरिनेछ ।

२७. नमूना कृषि उत्पादन कार्यक्रम मार्फत नमूना वडाको रुपमा कार्यक्रम संचालन गरीनेछ ।साथै नगरका उत्कृष्ट कृषक पुरस्कार कार्यक्रमलाई निरन्तर दिइने छ ।

२८. पशुपालन तर्फ व्यवसायिक फर्म प्रोत्साहान, साना पशुपालक कृषकहरुलाई गोठ सुधार अन्तर्गत म्याट वितरण गरिनेछ । बाख्राको साना ब्यवसायीक केन्द्र (पकेट)विकास कार्यक्रम संचालन, वीउको पाडा, वीउको साढे वितरण, पाडापाडी प्रबर्धन कार्यक्रमको लागि आवश्यक रकमको व्यवस्था गरिनेछ ।

२९.      सहकारी सस्थाहरु, वित्तिय संस्थाहरु र तालिम प्रशिक्षण दिने सरकारी तथा गैरसरकारी निकायहरु समेतको समन्वय र सहकार्यमा उद्यमी पहिचान गरी तालिम दिने र वित्तिय संस्थाहरुबाट सहुलियत पूंजि उपलव्ध गराउन प्रयास गर्ने र लागत सहभागितामा उद्यमीहरुलाई उपकरण, औजार उपलव्ध गराई एक घर एक रोजगार नीति अवलम्वन गरिने छ ।

३०. बैदेशिक रोजगारबाट फर्केका जनशक्तिलाई र नव उद्यमी युवाहरुलाई लागत साझेदारीमा औजार उपकरण सहयोग गरी स्वारोजगार सिर्जना गर्ने नीति लिईने छ । नगरका विपन्न र बेरोजगार युवाहरुलाई लक्षित गरी लघुउद्यम कार्यक्रममार्फत उद्यमशीलताको विकास गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ । हस्तकला सामग्रीहरुको उत्पादन, वितरण तथा प्रदर्शनी लगायत कार्यहरुलाई प्रोत्साहन गरिनेछ ।

३१. स्थानीय पर्यटनको प्रवर्द्धन मार्फत नगरको आर्थिक समृद्धिमा टेवा पुर्‍याउन आगामी आर्थिक वर्षमा आधुनिक सुविधायुक्त भ्यू टावर सहितको  बहुउद्धेशीय व्यापारिक भवन निर्माण गर्ने कार्यलाई अघि बढाइने छ ।

३२. सङ्घीय सरकारसँगको आवश्यक समन्वय र सहकार्यमा चुरियामार्इ मन्दिरमा रहेको दक्षिण एशियाकै पहिलो मानव निर्मित सुरुङको संरक्षण र सम्वर्द्धन गर्ने कार्यलाई समन्वयात्मक प्रयास गरी लागत साझेदारी जुटाइ निरन्तरता दिइनेछ ।

३३. नगर क्षेत्रमा रहेको पर्यटकीय स्थलको विकास र प्रचारप्रसार गरीआन्तरिक तथा बाहय पर्यटन प्रबर्धनका लागि हेटौंडा-१० स्थित टि.सि.एन.को जग्गामा टोनी हेगन पार्क निर्माण, हेटौंडा-१४ स्थित ड्राईभरडांडा भ्यू टावर निर्माण, हेटौंडा-१८ स्थित गुम्बाडांडा पार्क भौतिक पूर्वाधार सुधार, हेटौंडा-९ स्थित कुश्मान्ड सरोबर त्रिबेणीधाम भौतिक पूर्वाधार सुधार, हेटौंडा-१४ मा होमस्टे संचालन, हेटौंडा-१ राप्ती पार्क निर्माण, हेटौंडा-१९ स्थित शहिद पार्क भौतिक पूर्वाधार सुधार, हेटौंडा-६ स्थित स्व. वि. पी. गणेशमान स्मृति पार्क पर्यटनस्थल निर्माण, हेटौंडा १३ स्थित शंख पार्क निर्माण लगायत नगर क्षेत्रमा रहेका पर्यटकीय स्थलको विकास, पर्यटन पूर्वाधार निर्माण र पर्यटकीय सेवाको विविधिकरण एवम् स्तरोन्नति गरिनेछ ।

३४. गुणस्तरीय सहकारी सेवा प्रवाह गरी शेयर सदस्यहरुलाई रोजगारी र उद्यमी बनाउन रचनात्मक भूमिका खेल्ने सहकारीहरुलाई पुरस्कृत गर्दै लगिनेछ, नयां क्षेत्र (विषय)मा सहकारी खोल्न र सहकारी एकीकरण गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ, सहकारी संस्थाहरुसंगको सहकार्यमा रोजगारमूलक  तालिम संचालन गरी रोजगार र आयबृद्धि गर्ने नीति लिइनेछ, व्यावसायीक उत्पादन र विक्रि गर्ने सहकारीहरुलाई यन्त्र तथा उपकरण खरिदमा ५० प्रतिशत अनुदान दिने नीति लिईनेछ, सहकारी संस्थाहरुको अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउदै लगिने छ ।

३५. रोजगारीको खोजीमा रहेको व्यक्ति, सार्वजनिक र निजी दुवै क्षेत्रका रोजगारदाता, रोजगार सेवा प्रदायक तथा सीप विकास तालिम प्रदायक संस्था तथा स्वरोजगार सहायताको विवरण समावेश हुने गरी बृहत प्रकृतिको रोजगार पोर्टलको  विकास गरिनेछ ।

४.३ सामाजिक विकास

४.३.१ शिक्षा विकास तथा खेलकूद

  1. विद्यालयहरुमा स्मार्ट वोर्ड, बायोमेट्रिक हाजिरी, प्रोजेक्टरमा आधारित सिकाई र प्रत्येक आधारभूत विद्यालयहरुमा कम्तिमा एक कम्प्युटर, एक ल्यापटप र प्रिन्टर सहित सूचना प्रविधिमा आधारित सिकाइमा जोड दिइनेछ ।सबै आधारभूत तथा माध्यमिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिनेछ । जीवनोपयोगी, आधुनिक, व्यावसायिक एवं प्रविधियुक्त शिक्षामा जोड दिई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गरिनेछ ।

  2. शिक्षाको गुणस्तर मूल्याङ्कन र अभिवृद्धि गर्नका लागि यस वर्षदेखि आधारभूत तह (कक्षा ८) को परीक्षा SEE Model मा परीक्षा केन्द्र तोकी सञ्चालन गरिनेछ ।विद्यालयमा गणित विज्ञान शैक्षिक प्रदर्शनी तथा शैक्षिक मेलाको माध्यमवाट विद्यार्थीको क्षमता मापन गर्ने व्यवस्था गरिनेछ ।

  3. शिक्षाको गुणस्तर अभिवृद्धिका लागि समसामयिक शिक्षण विधि तथा कक्षा व्यवस्थापन एवम् ICT को प्रयोग गर्न शिक्षकहरुको क्षमता अभिवृद्धि गरिनेछ । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ र अन्य सरोकारवालाहरुको क्षमता अभिवृद्धि गरी विद्यालय सुशासन कायम गरिने छ।नि.मा.बि/मा.वि का शिक्षकहरुको लागि आई.सी.टी/कम्प्युटर सम्बन्धि तालिम मार्फत शिक्षकहरुको क्षमता विकास गरिनेछ ।

  4. नगर शिक्षा नीति तथा योजना तर्जुमा गरी आवश्यक कार्यक्रम अगाडि बढाइनेछ ।आधारभूत तथा माध्यमिक तहको शिक्षा सञ्चालनका लागि नगर शिक्षा कार्यविधि बनाई प्रभावकारी रुपमा कार्यान्वयन गरी व्यवस्थित गरिनेछ ।विद्यालयको सम्पति व्यवस्थापनमा जोड दिदै जग्गा रजिष्ट्रेसनमा राजस्व छुटको व्यवस्था लागू गरिनेछ ।

  5. कोभिडका कारण भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न असम्भव भएका स्थानका विद्यालयमा बैकल्पिक माध्यमवाट/अनलाइन प्रविधिवाट कक्षा सञ्चालन, मूल्याङ्कनको बैकल्पिक प्रणालीको व्यवस्थापन र सिकाई सहजीकरण व्यवस्थापन गरिनेछ ।

  6. नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थी अनुपातका आधारमा दरबन्दी मिलान, विद्यालय समायोजन गरी शिक्षकको व्यवस्थापनलाई प्राथमिकता दिइनेछ ।शिक्षा क्षेत्रका विद्यमान समयमा देखिएका शैक्षिक गुणस्तरको विश्लेषण गरी नगर क्षेत्रमा सञ्चालनमा रहेका विद्यालयहरुको वर्गीकरण गरिनेछ ।

  7. निजी तथा संस्थागत विद्यालयहरुले शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई सम्मान गर्दै ती विद्यालयहरुले दिइरहेको सेवालाई प्रभावकारी एवं जनमुखी बनाउन आवश्यक सहयोग र सहकार्य गरिनेछ ।

  8. अति विपन्न विद्यार्थीहरुलाइ शैक्षिक सामग्री, पोशाक र झोला सहयोग कार्यक्रम मार्फत सिकाइमा पहुँच बढाइनेछ ।

  9. बीचैमा विद्यालय छोड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न विद्यालयको आवश्यक पूर्वाधार निर्माण गर्नुका साथै बालमैत्री शिक्षण बिधि अबलम्बन गरिनेछ ।विपन्न जेहेन्दार दलित विद्यार्थीहरुलाई दिइने छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

  10. हरित विद्यालयको अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुका साथै विद्यालयमा शुद्ध पिउने पानी र उपयुक्त शौचालयको व्यवस्था गरिनेछ।सामुदायिक विद्यालयको भौतिक सुधारका लागि विद्यालय व्यवस्थापन समितिसँग आवश्यक समन्वय गरी क्रमश: अगाडि बढाइनेछ ।प्रत्येक वडाबाट उपयुक्त स्थान, पहुँच, पूर्वाधार, विद्यालय व्यवस्थापन समितिको प्रतिवद्धता आदि आधारमा एउटा विद्यालय छनोट गरी एक वडा एक नमूना विद्यालय कार्यक्रम लागू गरिनेछ।

  11. शिक्षणमा गुणस्तर अभिवृद्धिका लागि शिक्षकले शिक्षण कार्यमा बिताउने समय अभिवृद्धि गर्न विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखिकरण गरी अभिलेख राख्ने पद्धतिको विकास गरिनेछ।

  12. शिक्षक स्वर्णीम अवकाश योजना मार्फत ५० वर्ष उमेर पूरा गरेका शिक्षकहरुलाई प्रोत्साहन सहित विदा गरी युवाहरुलाई शिक्षण पेशामा आकर्षित गरिनेछ ।

  13. स्वीकृत गरिएको स्थानीय पाठ्यक्रम अनुसार पाठ्यपुस्तक प्रकाशन गरी नगर क्षेत्रका विद्यालयहरुमा कार्यान्वयनमा ल्याइनेछ ।

  14. नगर क्षेत्रमा रहेका सामुदायिक सिकाई केन्द्रलाई थप क्रियाशिल बनाइनेछ ।विद्यालयमा स्काउट शिक्षा/बाल समूह कार्यक्रम मार्फत विद्यार्थीको नेतृत्व क्षमताको विकास गरिनेछ ।

  • हेटौडा नगरीलाई खेलकूद नगरीको रूपमा विकास गरी खेल क्षेत्रलाई प्रोत्साहित गरिनेछ।

  • नगर खेलकूद विकास समितिलाई पूर्ण रुपमा सक्रिय बनाई नगरपालिका क्षेत्रभित्र सन्चालन  हुने र गरिने खेलकूद कार्यक्रममा समन्वयकारी भूमिका प्रदान गरिने छ।

  • राष्ट्रपति रनिङ्ग शिल्ड स्थानीय स्तरको छनोट प्रतियोगिता, मेयरकप फुटबल प्रतियोगिता शहिद स्मृती राष्ट्रिय फुटबल प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता, हेटौडा रन लगायतका खेल कार्यक्रमलाई बजेट सहित निरन्तरता दिइनेछ ।

  • खेलको तालिम नगर क्षेत्रभित्र सञ्चालन गर्न प्रशिक्षक नियुक्ति गरी तालिम संचालन गरिनेछ ।

  • दूर्व्यसनको जोखिममा रहेका युवाहरुका लागि सचेतना कार्यक्रम सञ्चालन गरिने छ।

४.३.२. लैंगिक समानता तथा सामाजिक समावेसीकरण

१. नगरक्षेत्रभित्र रहेका धार्मिक, सांस्कृतिक एवम् पुरातात्विक महत्वका धरोहरहरुको संरक्षण र संवर्द्धनमा विषेश जोड दिदै विभिन्न जातजातिका भेषभुषा, भाषा, बाजागाजा, ललितकला  र संस्कृतिको संरक्षण साथै जगेर्ना गर्न सहयोग गरिनेछ ।’

२. आदिवासी, जनजाति, दलित तथा लैङ्गिक अल्पसंख्यकहरुको क्षमता विकास गर्दै उनीहरुका परम्परागत सीप र पेशाको संरक्षण गरीआयआर्जनमा टेवा पुग्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ ।

३. धार्मिक सहिष्णुता अभिवृद्धि गर्नको लागि नगरक्षेत्रमा रहेका मठ मन्दिर, गुम्बा, चर्च, मदरसा लगायतका धार्मिक संस्थाहरुको स्तरोन्नति गर्ने व्यवस्था मिलाइएको छ ।

४. सहयोगापेक्षी सडक मानव मुक्त हेटौंडाको पहिचानलार्इ दिगो र थप प्रभावकारी बनाउनका लागि सञ्चालन खर्च एवम् पूर्वाधार निर्माणमा समेत मानव सेवा आश्रमलार्इ अनुदान उपलब्ध गराइनेछ । यसको साथै सडक बालबालिका मुक्त नगर अभियानलार्इ प्रभावकारी बनाउन मामाघर नेपाललार्इ सहयोग गरिनेछ । असहाय बेसहारा ज्येष्ठ नागरिकहरुको संरक्षणमा टेवा पुर्याउनको लागि वृद्धाश्रमहरुलार्इ व्यवस्थापन अनुदान उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

५. नगरमा सञ्चालन हुने कार्यक्रमहरुमा लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरणलार्इ विशेष ध्यानमा राखी लक्षित वर्गको सहभागितामा विशेष जोड दिइनेछ ।साथै लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन, आयमूलक एवम् सहायताका केही कार्यक्रमहरु लक्षित वर्गको लागि मात्र सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।

६. नगरमा गठन भएका महिला जागरण समुह, टोल विकास संस्था, युवा क्लब, आमा समूहजस्ता सामुदायिक संस्थाहरुलार्इ सिङ्गो नगरको विकासमा टेवा पुर्याउने उद्देश्यले सामाजिक जागरण, आयआर्जन, क्षमता एवम् सीप विकास लगायतका कार्य र विभिन्न अभियानहरुमा सामुदायिक परिचालनका माध्यमबाट अग्रसर गराइनेछ ।

७. नगरको आकर्षणको केन्द्रविन्दुमा रहेको पुष्पलाल पार्क एवम् पुष्पलाल स्मृति पुस्तकालय व्यवस्थापन तथा सञ्चालन गर्नको लागि अनुदानको व्यवस्था गरिएको छ । हेटौंडा १८ मा रहेका गुम्बा डाँडा र रियो गुम्बालार्इ पर्यटकीय आकर्षणको रुपमा थप विस्तार गर्न वजेटको व्यवस्था गरिएको छ ।

 

$=३.३ dlxnf / afnljsf;

 

१. लैङ्गिक हिंसामुक्त नगर निर्माणका लागि लैङ्गिक हिंसा, घरेलु हिंसा, मानव बेचबिखन तथा ‍ओसारपसारमा परेका व्यक्ति -विशेष गरी महिला र बालबालिका _ को उद्धार, राहत, पुनर्स्थापना, मनोसामाजिक परामर्श सेवा तथा पारिवारिक पुनर्एकीकरणका लागि अल्पकालिन सुरक्षित आश्रयस्थलको सञ्चालनका साथै आवश्यक कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्दै लैङ्गिक हिंसा विरुद्ध शून्य सहनशीलता अभिवृद्धि गर्ने कार्यलार्इ निरन्तरता दिइनेछ ।

२. संघीय सरकार एवम् प्रदेश सरकारको नीति अनुरुप बालविवाहमुक्त उपमहानगरपालिका घोषणा गर्नको लागि महिला जागरण समूह एवम् टोल विकास संस्थाहरुलार्इ सामुदायिक परिचालनका माध्यमबाट अग्रसर गराइनेछ ।बालअधिकारका चार आयामहरुको प्रवर्द्धनको लागि बाल समूह गठन तथा परिचालन निर्देशिका बमोजिम टोल टोल, वडा र नगरस्तरमा समूह एवम् सञ्जाल गठन गर्दै बालमैत्री स्थानीय शासन अवलम्बन गरिनेछ ।

३. ज्येष्ठ नागरिकलार्इ अनुभव आदान प्रदान, भलाकुसारी एवम् मनोरञ्जनका लागि वडामा बनेका ज्येष्ठ नागरिक मिलन केन्द्र र नबनेको वडामा उपयुक्त स्थानको खोजी गरी सामाग्री हस्तान्तरण मार्फत ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा ल्याइनेछ ।

४. नगरक्षेत्रमा यौनजन्य हिंसा एवम् सहमतिमा हुने यौनजन्य दुर्व्यवहार विरुद्धमा सचेतनामूलक कार्यक्रम, किशोरकिशोरीलार्इ जिवनोपयोगी सीप, लैङ्गिक हिंसा न्यूनीकरण, जातिय छुवाछुत विरुद्धका कार्यक्रम साथै लक्षित वर्ग केन्द्रित विविध कार्यक्रमहरु सञ्चालन गरी समाजमा सचेतना जागरण गरिनेछ ।

५. अपाङ्गता परिचय पत्रलार्इ डिजीटल माध्यमबाट वितरण गर्नुका साथै सबैलार्इ पहुँच अभिवृद्धि गर्न बाँकि ७ वडाहरुमा अपाङ्गता परिचय पत्र वितरण घुम्ति शिविर सञ्चालन गरिनेछ ।साथै अपाङ्गता भएका व्यक्तिहरुलार्इ जीवनयापनमा सहजता पुर्याउनको लागि सहायक सामाग्री वितरण गर्ने कार्यलार्इ निरन्तरता दिइनेछ ।

६. गरिब विपन्न र सिमान्तकृत बेरोजगार महिलाहरुलार्इ विभिन्न किसिमका सीपमूलक तालिमहरुको माध्यमबाट दक्ष र आत्मनिर्भर गराउँदै लगिनेछ ।कार्यक्रम सञ्चालन गर्दा दलित एवम् एकल महिलाहरुको समेत लागि विषेश प्राथमिकता प्रदान गरिनेछ ।

४.३.४ स्वास्थ

१. सुत्केरी पश्चातको पहिलो हप्तामा स्वास्थ्यकर्मी सहित सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य अवस्था परीक्षण गर्न पोषण कोशेली सहित भेटघाट गर्ने कार्यक्रमको प्रभावकारिता बढी पाइएकोले यस कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

  • गत दुई वर्षदेखि सञ्चालन हुँदै आएको सिमान्तकृत, लोपोन्मुख समुदाय र आर्थिक रुपमा अति विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

  • गर्भवती महिलाहरुको स्वास्थ्य जाँच तथा आमा र बच्चाको स्वास्थ्य अवस्था पहिचान गर्न नगर क्षेत्रका सम्पूर्ण गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने

छ ।

  • उपमहानगरपालिकाको सम्पूर्ण लगानी, समन्वय र सहयोगमा हेटौंडा अस्पतालमा शुरु गर्न लागिएको किड्नी डायलासिस सेवा सञ्चालनको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडा अस्पतालसङ्ग सहकार्य गरिनेछ ।साथै डायलासिस सेवा तत्कालै संचालनमा ल्याइने छ।

  • आधारभूत तथा आकस्मिक सेवाको सुनिश्चितताको लागि नगरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारद्वारा निःशुल्क वितरण गर्ने भनि तोकेको औषधिहरु सहज र सरल रुपमा उपलब्ध गराइनेछ । यसको लागि आगामी आ.व. २०७८/७९ को प्रथम चौमासिक भित्र नै सम्पुर्ण खरीद प्रक्रिया सम्पन्न गरी स्वास्थ्य सस्थाहरुमा औषधि पुऱ्याइनेछ।

  • दीर्घ तथा नसर्ने रोगबाट घरमै ओछ्यानमा थलिएर रहेका बिरामी व्यक्तिहरुलाई लक्षित गरी वडा वडामा रहेका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको परिचालनबाट उपचार र सहयोगको कार्यक्रम अघि बढाइनेछ । साथै सामुदायिक स्वास्थ्य सस्था स्तरबाट प्रदान गरिने नसर्ने रोगका औषधिहरु समेत ब्यवस्था गरिनेछ।

  • महिलामा बढ्दो क्रममा रहेको स्तन तथा पाठेघर क्यान्सर जस्ता घातक रोगहरुको निःशुल्क परीक्षण गर्ने कार्यक्रमलाई अस्पतालहरुको सहकार्यमा निरन्तरता दिइनेछ ।

  • यस उपमहानगरपालिकाका निर्माणाधीन स्वास्थ्य संस्थाको भवन निर्माण कार्य सम्पन्न गर्नुका साथै भवन निर्माण नभएका स्वास्थ्य सस्थाहरुको भवन निर्माण कार्य सुरु गरिनेछ। यसको साथै सम्पूर्ण स्वास्थ्य सस्थाहरुमा पर्याप्त फर्निचर तथा अन्य उपकरणहरुको ब्यवस्था गरिदै लगिनेछ।

  • स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउन र आधारभुत स्वास्थ्य सेवाको पहुँच अभिबृद्धि गर्न ई-रिपोर्टिंग सिस्टमको विकास गरिनेछ । उपमहानगरपालिकाका हाल संचालनमा रहेका स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा लगायत अन्य सेवाको विस्तारमा जोड दिइनेछ ।

१०. आयुर्वेद स्वास्थ्य सेवा अन्तर्गत हाल प्रदान गर्दै आएको सेवालाई थप विस्तार गरी प्रभावकारी बनाइने छ।

  • आकस्मिक तथा विपदका अवस्था र जोखिमपूर्ण स्वास्थ्य समस्यामा परेका व्यक्तिहरुलाई तत्काल स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागि आधारभूत स्वास्थ्य सेवा एम्बुलेन्स सञ्चालनमा ल्याइनेछ ।

  • हालको कोभिड-१९ को महामारीको कारण मृत्युवरण गर्न पुगेका नागरिकहरुको शव ब्यवस्थापनको लागि शव वाहन नहुँदा ज्यादै समस्या पर्न गएकोले भविष्यमा समेत यस प्रकारका समस्याबाट निराकरण पाउन उपमहानगरपालिकाले शव वाहनको सञ्चालन गर्नेछ।

  • कोभिड १९, सर्ने तथा नसर्ने रोगहरु लगायत अन्य विभिन्न महामारी जन्य रोगहरुको रोकथाम, नियन्त्रण तथा निगरानीको लागि स्वास्थकर्मीहरुको पर्याप्त परिचालन गरिनेछ। साथै कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा अग्रस्थानमा रही सेवारत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको मनोबल उच्च राख्न प्रोत्साहन सुबिधाको ब्यबस्था गरिनेछ ।

  • राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम अन्तर्गत यस उपमहानगरपालिकामा सेवारत महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि प्रोत्साहन स्वरूप पोशाक सुबिधा, संचार सुबिधा, यातायात खर्च लगायत आधारभूत तथा आकस्मिक सेवा अन्तर्गत आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धी प्राथमिक उपचारबारे अभिमुखीकरण तालिम र अन्य क्षमता विकास सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

  • खानेपानी सरसफाई स्वच्छता सम्बन्धी जनचेतना तथा फोहोर ब्यबस्थापन, बर्गिकरण र न्यूनीकरण सम्बन्धी समुदाय स्तरमा सचेतना कार्यक्रम संचालन गरिनेछ ।

  • उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुको न्युनतम मापदण्ड अनुगमन गरी स्वास्थ्य सस्थाहरुबाट प्रवाह भैरहेको स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिको गरिनेछ।

  • हेटौंडा उपमहानगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउन जनचेतना बढाउने तथा आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ।

  • स्वास्थ्य सस्थामा मात्रै सिमित रहेका स्वास्थ्यकर्मीहरुलाई नागरिकसँग भेट गरी सामुदायिक स्वास्थ्यको वास्तविक अवस्थाको वारेमा परिचित हुन र सेवा तथा परामर्श प्रदान गर्न कम्तिमा वर्षको एक पटक नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी पुग्ने गरी जनता स्वास्थ्य घरदैलो कार्यक्रम सञ्चालन गरिनेछ।

  • नगरका सम्पुर्ण नागरिकहरुको र विशेष गरी गर्भवती, सुत्केरी तथा वालवालिकाहरुको पोषणको स्थितिलाई प्रवर्दधनगर्न बहुक्षेत्रीय पोषण कार्यक्रमको सुरुवात गरिनेछ।

  • नगरवासीहरुलाई टाईफाइड रोगबाट बचाउन संघीय तथा प्रदेश सरकारसङ्गको सहकार्यमा टाईफाईड विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिनेछ।

  • जिल्ला भित्रका अन्य स्थानीय तहहरु समेतको लागत साझेदारीमा सरुवा रोग अस्पताल निर्माणको प्रकृया अघि बढाइनेछ।

  • मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पतालको सेवा विस्तारका लागि आबश्यक पर्ने उपकरण खरीदका लागि सहयोग गरिने छ। प्रतिष्ठानसंग समन्वय गरी स्थानीय नगरवासीहरुको उपचार सहज सरल गराउन आबश्यक प्रयास गरिने छ।

४. वातावरण विपद तथा फोहोरमैला व्यवस्थापन

  1. दिगो विकास लक्ष्यको विभिन्न विकास लक्ष्यहरुलाइ हासिल गर्ने प्रयत्न गरिनेछ ।सबैका लागि सफा पानी तथा सरसफाइ अन्तर्गत सार्वजनिक स्थानमा पानी पिउने वाटर फाउन्टेन र यूरोगार्ड जडान गरिनेछ।साथै बिपन्न नगरबासीका लागि शौचालय बनाउन सहयोग गरिनेछ ।

  2. विपद जोखिम न्युनीकरणका लागि जोखिम युक्त क्षेत्र पहिचान तथा नक्साङ्कन (Disaster and vulnerability Mapping) गरिनेछ ।

  3. आकाशे पानी संकलन, शुद्धीकरण तथा भण्डारण (Rain Water Harvesting System )लाई प्रवर्द्धन गरिनेछ। नयाँ बन्ने घरहरुमा पानी संरक्षणका लागि कुनै एक प्रविधि अनिवार्य अवलम्वन गर्नुपर्ने व्यवस्था गरिने

छ ।

  1. पर्याप्त हरियाली सहितको फूलैफूलको शहर निर्माणमा समुदायस्तरको सहभागिताले ज्यादा महत्व राख्ने हुँदा समुदाय परिचालनलाइ जोड दिइनेछ । वातावरण संरक्षण कार्यमा उत्कृष्ट कार्य गर्ने व्यक्ति एवम् समुदायलाई पुरस्कृत गरिनेछ ।

  2. अन्तिम फोहर विसर्जन केन्द्रको उचित व्यवस्थापन गर्दै केन्द्रलाई पार्कको रुपमा विकसित गरिनेछ । फोहरको उचित व्यवस्थापनका लागि सिमा जोडिएका अन्य स्थानीय तहहरुसग समेत समन्वय एवम् सहकार्य गरी एकीकृत फोहरमैला व्यवस्थापन योजना निर्माण गरी आवश्यक कार्य प्रारम्भ गरिनेछ ।

  3. सामुदायिक वनहरुसग समन्वय गरी अवश्यकता अनुसार वन्यजन्तुका लागि वन्यजन्तु संरक्षण पोखरी निर्माणमा जोड दिइनेछ ।

  4. वैकल्पिक उर्जा प्रवर्द्धन कार्यक्रम मार्फत निजि क्षेत्रको सहकार्यमा नगरक्षेत्रको कुहिने फोहर शत प्रतिशत प्रयोगमा ल्याई ग्याँस उत्पादन कार्य र सो स्थानको नदी तटबन्धन कार्य प्रदेश सरकारसँग समन्वय तथा सहकार्यमा गरिनेछ ।

  5. हेटौंडा उपमहानगरपालिका स्थित तीन वटा फोहर पानी प्रशोधन केन्द्र (Waste Water Treatment Plant)लाई आवश्यक मर्मत एवम् निर्माण गरी पूर्ण रुपमा सन्चालनमा ल्याउन आवश्यक कार्य अघि बढाइनेछ ।

  6. नगर क्षेत्र भित्रको सेफ्टि ट्यांकी जन्य फोहर(Fecal Sludge)व्यवस्थापन गर्न अवश्यक अध्ययन गरिनेछ।

  7. शहरी सौन्दर्यता कायम राख्न खुल्ला स्थान चौक तथा सडक किनारहरुमा आकर्षक फलफुलको विरुवा लगाउने कार्यलाई निरन्तरता दिईने छ । क्यारी निर्माण गरी फुलको विरुवा रोप्ने कार्यलाई निरन्तरता दिईने छ ।

  8. ०७ का न ग १३१३उपमहानगर क्षेत्रमा सृजित फोहोरलाई घटाउन पून: प्रयोग गर्ने अभ्यासका लागि प्लास्टिक जन्य फोहरबाट सडक पिच गर्ने प्रविधि प्रयोग गरी नमूना सडक निर्माण गर्ने कार्य थालनी गरिने छ।

  9. भौतिक पूर्वाधार संरचना निर्माण कार्यका सिलसिलामा बनाइएका वातावरणीय प्रतिवेदन, वातावरणीय व्यवस्थापन कार्य योजनाहरुको प्रभावकारी कार्यान्वयन गराउन र सो भए नभएको सम्बन्धमा वडा, टोल विकास समितिहरुलाई जिम्मेवार बनाउने कार्यक्रम ल्याइनेछ।

  10. सडक आवागमनमा अवरोध सिर्जना गर्ने र सहरको सौन्दर्यता बिगार्ने कार्यलाई नियन्त्रण गर्न निर्माण सामग्रीहरुलाई सार्वजनिक सडक तथा खुला स्थानमा असुरक्षित तवरले राख्नमा रोक लगाइने छ ।

  11. मुख्य बजार क्षेत्रको सौन्दर्यता बढाउन र सफा शहरको पहिचान कायम गर्न बजार क्षेत्रका सडक नाली ढलहरुको नियमित सरसफाई र मर्मत संभारमा ध्यान दिइनेछ । धुलो नियन्त्रण कार्यका लागि ब्रुमर गाडी, श्रोतसाधन, प्रविधि सम्पन्न तुल्याउन आवश्यक प्रयास गरिनेछ ।

  12. फोहरबाट ऊर्जा उत्पादन गर्ने प्रयास यस अघि भएतापनि त्यस प्रयासले दिगोपना पाउन नसकेको अवस्थामा यसलाई अघि बढाउन आवश्यक समन्वय गरी उपयुक्त विधि अवलम्बन गरिनेछ ।

  13. नगरवासीहरुको स्वास्थ्यलाई मध्यनजर गरी वातावरणीय स्वच्छता कायम गर्न प्रदूषण उत्सर्जन गर्ने प्रकृतिका उद्योगहरुको प्रदूषण मापनका लागि नियमित अनुगमन गरिनेछ । मापदण्ड बमोजिमको प्रोटोकल कार्यान्वयन गराउन आवश्यक समन्वयात्मक प्रयास गरिनेछ ।

  14. पानीको पुनर्भरणलाई प्रोत्साहित गर्न प्राकृतिक मुहान संरक्षण तथा रिचार्ज वेल,पोखरी निर्माण गर्ने तथा सिमसारको संरक्षण गर्ने कार्यलाइ आवश्यक समन्वयात्मक प्रयास अघि बढाइनेछ।

  15. वातावरण संरक्षण ऐन, नियम, कानूनहरुको पालना गराउन तथा वातावरणीय अनुगमनलाई प्रभावकारी बनाउन, विभिन्न निजी तथा सार्वजनिक क्षेत्रबाट भएका योजनाहरुको कार्यान्वयनका सिलसिलामा भएका वातावरणीय अध्ययन प्रतिवेदनहरुको प्रभावकारी कार्यान्वयन गराउन उपयुक्त प्रशासनिक संरचना बनाइनेछ ।

  16. एक सामुदायिक वन, एक वन एक उद्यम, एक पानी पोखरीको अभियान सञ्चालन गरी पर्यापर्यटनमा टेवा पुग्ने काम गरी जैविक विविधताको संरक्षण गर्ने कार्यमा आवश्यक समन्वयात्मक प्रयास गरिनेछ । शहरी वन व्यवस्थापन, फलफूल बंगैंचा उद्यान कार्यलाइ प्राथमिकता दिइनेछ ।

  17. वनको दिगो व्यवस्थापन सम्बन्धी स्थानीय मापदण्ड तयार गरी पालिकाभित्रका सबै वन क्षेत्रमा दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न आवश्यक समन्वयात्मक प्रयास गरिनेछ ।

 

४. शहरी विकास र सार्वजनिक निर्माण

१.       नगर क्षेत्रभित्र प्रचलित कानून बमोजिम भवन निर्माण ईजाजत प्राप्त नगरी निर्माण भएका भवन तथा स्थायी संरचनालाई उपमहानगरपालिकाबाट स्वीकृत भवन तथा योजना मापदण्ड पूरा गरेकाको हकमा भवन नियमित तथा अभिलेखीकरण गरिने छ।

२.       नगर क्षेत्र भित्र उपभोक्ता समिति मार्फत संचालन हुने निर्माण आयोजनाको हकमा आयोजनाको प्रकृति र आयोजना संचालन हुने क्षेत्रका आधारमा लागत  सहभागिताको प्रतिशत निर्धारण गरीकार्यान्वयनमा ल्याइने छ।

३. निर्माण आयोजनाहरू संग सम्बन्धित उपभोक्ता समितिका पदाधिकारीहरूलाई  योजना संचालन गर्नु पुर्व योजना संचालन सम्बन्धी बिषयमा अनुशिक्षण  गरिने छ।

४.       निर्माण आयोजनाको गुणस्तर सुनिश्चित गर्न उपमहानगरपालिकाको उपयुक्त स्थानमा निर्माण सामाग्री गुणस्तर परीक्षण प्रयोगशाला निर्माण गरी संचालनमा ल्याइने छ।

५.       स्थानीय पर्यटन प्रवर्द्धनको माध्यम बाट नगरको आर्थिक समृद्धिमा टेवा पुर्‍याउन हेटौंडा ४ स्थित हुप्रा चौरमा  आधुनिक सुबिधा युक्त भ्यूटावर सहितको ११ तले बहुउद्वेश्यीय व्यापारिक भवन (Multi purpose Commercial Building)निर्माणको  ठेक्का प्रकृया अघि बढिसकेकोले  निर्माण कार्य अघि बढाइने छ।

६.       उपमहानगरपालिकाको वडा नं. १० स्थित निर्माणाधिन सुबिधा सम्पन्न बस टर्मिनल सहितको सपिङ्ग कम्प्लेक्स निर्माण कार्य सम्पन्न गरी आगामी बर्षमा संचालनमा ल्याइने छ।

७.       दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङ्ग र चुरियामाई मन्दिर क्षेत्रलाई अन्य निकाय संग समन्वय गर्दै आवश्यक संरक्षण र सम्बर्द्धन गरीपर्यटकीय क्षेत्रको रूपमा बिकास गरिने छ।

८.       उपमहानगरपालिकाको १८ नं. वडामा बसोबास गर्ने अल्पसंख्यक सिमान्तकृत  विपन्न थामी जातीको आवास निर्माण कार्यमा सहयोग गरिने छ।

९.  उपमहानगरपालिकाबाट स्वीकृत भवन तथा योजना मापदण्डलाई समय सापेक्ष परिमार्जन गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ।

१०. मुख्य बजार क्षेत्रको सौन्दर्य जोगाउन, दूर्घटना न्यूनिकरण गर्न सडकमा पर्न जाने खाल्डा खुल्डी तत्काल मर्मत गर्ने व्यबस्था मिलाई खाल्डा खुल्डी रहित उपमहानगरपालिका  बनाईने छ।

 

४.६ राजस्व परिचालन   

१.    कृषि क्षेत्रको उद्यमहरुको प्रवर्द्धनको लागि कृषि तथा पशु सेवासंग सम्बन्धित उद्योग तथा व्यवसाय दर्ता तथा नवीकरण शुल्कमा ६० प्रतिशत छुटको नीतिलाई यस बर्ष पनि निरन्तरता दिइने छ ।

२.    कोभिड १९ ले उद्योगधन्दा र व्यबसाय क्षेत्रमा पारेको समस्यालाई मध्यनजर गर्दै आगामी बर्षका लागि करको दरहरु यथावत राखी दायरा बढाउनेतर्फ प्रयास गरिने छ ।  चालु आर्थिक बर्षको बुझाउनु पर्ने सम्पत्ति कर, ब्यबसाय कर तथा बहाल कर रकममा आगामी बर्ष लाग्ने जरिवाना मिनाहा गर्ने नीति लिईने छ ।

३.   घरबहाल करलाई दायरामा ल्याउनको लागि सम्पत्ति कर बुझाउने समयमा नै घर वहाल स्व–घोषणा विधिबाट कर संकलन गर्ने नीतिको थालनी गरिने छ।

४.    एकल महिला तथा अपाड्डता भएका व्यक्ति प्रमुख संचालक, प्रोपाईटर भई उद्योग दर्ता तथा नवीकरण गरेमा तोकिएको शुल्कमा २० प्रतिशत छुट दिने नीतिलाई निरन्तरता दिईने छ ।

५.    घर बहाल लगाउदा वहाल रकमको वार्षिक१० प्रतिशतका दरले लाग्ने वहाल कर चौमासिक / वार्षिक रुपमा तिर्न मिल्ने व्यवस्था गरिने छ ।

६.   पहिलो चरणमा सवै वडाहरुबाट सवै प्रकारका कर/राजश्वहरु Online प्रणालीबाट संकलन गर्ने र दोश्रो चरणमा व्यक्ति स्वंयले घरमै बसी कर/राजश्व तिर्ने व्यबस्थालाई कार्यान्वयनमा ल्याईने छ।

७.   आर्थिक बर्षको पहिलो ३ महिना भित्र व्यवसाय कर चुक्ता गर्ने करदातालाई दिईदै आएको १० प्रतिशत छुटको व्यवस्थालाई आगामी आ. व. मा  निरन्तरता दिईने छ ।

८.   दैनिक जनसरोकारसंग सम्बन्धित निम्न सेवा तथा सिफारिसलाई बिगत देखि नि:शुल्क गरिदै आएकोमा  निरन्तरता दिइने छ :

क) आदिवासी जनजाती, दलित, मधेसी तथा पिछडिएका वर्ग, अपाङ्ग, जेष्ठ नागरिकको पहिचानसंग सिफारिस,

ख) छात्रवृत्ति सिफारिस,

ग) मृत्यु पश्चातको नाता प्रमाणित,

घ) नागरिकता र नाबालक सिफारिस,

ङ) कार्यालयमा कार्यरत कर्मचारीको आफु र एकाघरको सदस्यको नाममा हुने सिफारिस तथा सेवा शुल्क र दस्तुर,

च) नागरिकता अनुसूची तथा प्रतिलिपि फारमहरु ।

 ४.७ योजना कार्यान्वयन तथा अनुगमन मुल्यांकन

  • स्वीकृत बार्षिक कार्यक्रम अनुसारका नगर स्तरीय योजना/परियोजना तथा कार्यक्रमहरु २०७८ कार्तिक मसान्तसम्ममा सम्झौता तथा  ठेक्का प्रकृया पूरा गरी कार्यान्वयन गरिने छ।

  • वडा तथा बस्ती स्तरीय परियोजनाहरुको सम्झौता प्रकृयालाई सरल र सहज बनाउन वडा तथा बस्ती स्तरमा टोली खटाई परियोजना सम्झौता कार्य सम्पन्न गरिने छ।

  • स्वीकृत वार्षिक कार्यक्रम र योजना प्रभावकारी रुपमा संचालन गर्न वार्षिक खरीद योजना र

कार्यक्रम कार्यन्वयन तालिका तर्जुमा गरी लागू गरीने छ।

४. नजिकका अन्य स्थानीय तहहरुसंग साझा हितका सवालहरु र सयुक्त लगानीमा निर्माण योजनाहरु

संचालन गर्न सयुक्त सम्यन्त्र बनाई साझेदारीमा परियोजना संचालन गर्न आवश्यक प्रयास गरिनेछ ।

५  .स्वीकृत वार्षिक नीति तथा कार्यक्रमको कार्यान्वयन गर्दा वार्षिक रुपमा भौतिक, वित्तीय प्रगति र  अन्य सूचकका आधारमा उत्कृष्ट हुने वडालाई प्रोत्साहान स्वरुप थप कार्यक्रम संचालन गर्न रु २० लाख उपलब्‍ध गराईने छ ।

६. नगर स्तरीय अनुगमन समिति र वडा स्तरीय अनुगमन समितिलाई सकृय तुल्याई कार्यक्रमहरुको कार्यान्वयनलाई नतिजासंग आवद्ध गरिने छ।

आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरू,

अब म गरिमामय नगरसभा समक्ष आगामी आर्थिक वर्ष २०७८/७९ को बार्षिक योजना तथा बजेट तर्जुमाका आधारहरु प्रस्तुत गर्ने  अनुमति चाहन्छु ।

 

५. बार्षिक योजना तथा बजेट तर्जुका आधारहरु निम्नानुसार रहेका छन् :

  • नेपालको संबिधान, २०७२

  • स्थानीय सरकार संचालन ऐन, २०७४

  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त ऐन, २०७४

  • अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

  • बजेट तर्जुमा दिग्दर्शन, २०७४

  • संघीय र प्रदेश सरकारले जारी गरेका नीति, कानून तथा मापदण्डहरु,

  • संघीय र प्रदेश सरकारले तर्जुमा गरेका बजेट तथा कार्यक्रमहरु ,

  • स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा सम्पति हस्तान्तरण सम्बन्धी निर्देशिका,

  • संघीय प्रादेशिक र स्थानीय तहको आवद्यिक विकास योजनाहरु र, श्रोत साधन ,

  • नेपाल सरकारले प्रतिबद्धता जनाएका दिगो बिकासको लक्ष्यहरु,

  • संघ र प्रदेश सरकारले अबलम्बन गरेका आर्थिक तथा सामाजिक नीतिहरु,

  • सरकारको अन्तरार्ष्ट्रिय प्रतिवद्धत र सन्धी सम्झौताहरु,

  • दलीय प्रतिवद्धता/घोषणा-पत्र,

  • स्थानीय विविधता र विकासको अवस्थामा रहेको असमानता,

  • स्थानीय सरकारको आन्तरिक श्रोतको सामर्थ्य।

 

आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरू,

अव म आगामी आर्थिक वर्षको लागि क्षेत्रगत बजेट विनियोजन प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

 

क्षेत्रगत बजेट विनियोजन

 

५.१ पूर्वाधार विकास

१.       उपमहानगर क्षेत्रमा एकिकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि क्रमागत योजना अन्तर्गत रु. १४ करोड बजेट विनियोजन गरिएको छ।

२. हेटौंडा ४ मा निर्माण हुने बहुबर्षीय योजना अन्तर्गत बहुउद्धेशीय व्यापारिक भवन(Multi Purpose  Commercial Building )  निर्माण कार्य शुरु गर्न रु.१५ करोड विनियोजन गरिएको छ।

३. बृह्त्तर चक्रपथ निर्माण कार्य निरन्तरता अन्तर्गत एक्लेखेत राजदेवी, मजुवा दोभानचौर खण्डको सडक स्तरोन्नतिका  लागि रु.३ करोड विनियोजन गरिएको छ।

४. हेटौंडा १७ कठायत चोक देखि बालबोध मा.बि. सम्मको  सडक स्तरोन्नतिका  लागि रु.३ करोड विनियोजन गरिएको छ।

५. कर्रा करिडोर  निर्माण निरन्तरताको लागि  रु.१ करोड ५० लाख विनियोजन गरिएको छ।

६. चालु आ.व.मा सम्झौता भई आगामी आर्थिक बर्षमा जिम्मेवारी सर्ने योजनाहरुको भुक्तानीको लागि रु.२२ करोड विनियोजन गरिएको छ।

७. संघीय सरकार, प्रदेश सरकार, जि.स.स. एवम् अन्य संघ संस्था हरूसंगको साझेदारीमा संचालन हुने योजनाको लागि रु. ४ करोड ५० लाख विनियोजन गरिएको छ।

८. वडा तथा वस्ति स्तरीय पूर्वाधार योजनाको लागि रु.३२ करोड ७० लाख विनियोजन गरिएको छ।

९.नगरवासीलाई स्वच्छ खानेपानी व्यबस्थापन गर्न हेटौंडा खानेपानी व्यबस्थापन बोर्डसंग सहलगानी कार्यक्रमको लागि रु.१ करोड ५० लाख विनियोजन गरिएको छ।

माथि उल्लेखित आयोजनाहरु सहित पूर्वाधार विकास क्षेत्रभित्र पर्ने उर्जा, सडक बत्ति, आवास व्यबस्था, जलश्रोत सिंचाई लगायत नगर स्तरीय पूर्वाधार आयोजना संचालनका लागि रु. १ अरब ३० करोड ४५ लाख ७६ हजार विनियोजन गरिएको छ।

५.२ आर्थिक विकास

    

  1. हेटौंडा ११ थाना भर्‍याङ्ग स्थित प्रदेश सरकार संगको सहकार्यमा निर्माण हुने प्रादेशिक थोक फलफूल तथा तरकारी बजार केन्द्रको लागि रु.३ करोड विनियोजन गरिएको छ।

  2. रोजगार प्रवर्द्धन कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम र यूवा रोजगारीको लागि रुपान्तरण पहल कार्यक्रमका लागि रु. १करोड ५३ लाख विनियोजन गरिएको छ।

  3. कृषि विकास अन्तर्गतका कार्यक्रमका लागि रु. २ करोड २४ लाख ५० हजार, पशुपंक्षी विकास   अन्तर्गतका कार्यक्रमको लागि रु. २ करोड २४ लाख विनियोजन गरिएको छ।

  4. उद्योग विकास, सहकारी क्षेत्र र वित्तीय क्षेत्र अन्तर्गतका कार्यक्रमको लागि रु. १करोड २७ लाख ५० हजार विनियोजन गरिएको छ।

  5. गुम्बा डांडा, कुष्माण्ड सरोवर त्रिवेणीधाम, टोनी हेगन पार्क,जुरेथुम पर्यटकीय पार्क, स्व. बिपि गणेशमान स्मृति पार्क लगायतका पर्यटकीय पूर्वाधार योजना निर्माणका लागि रु.२ करोड १९ लाख विनियोजन गरिएको छ।

माथि उल्लेखित आयोजनाहरु समेत आर्थिक विकास क्षेत्रभित्रका समग्र योजनाका लागि  रु. १२ करोड ९८  लाख विनियोजन गरिएको छ।

 

५.३ सामाजिक विकास

५.३.१ शिक्षा

  1. प्रारम्भिक वालविकास सहजकर्ता र बिद्यालय कर्मचारीको कार्य उत्प्रेरणा अभिबृद्धि गर्न तलब भत्ता थपका लागि रु.१ करोड ९५ लाख ९ हजार र शिक्षक स्वर्णिम अबकास योजनाका लागि रु.५० लाख विनियोजन गरिएको छ।

२. विद्यार्थीहरुको दिवा खाजा कार्यक्रमका लागि बिद्यालय अनुदान रु.२ करोड ९८ लाख १ हजार, सार्वजनिक बिद्यालयको बिद्यार्थीको लागि नि:शुल्क पाठ्यपुस्तक अनुदानको लागि रु.१ करोड ६३ लाख ६१ हजार, बिद्यालयमा शैक्षिक गुणस्तर सुदृढिकरण एवम् कार्य सम्पादनमा आधारित प्रोत्साहनका लागि रु.१ करोड ५७ लाख ४ हजार, छात्राहरुलाई नि:शुल्क सेनेटरी प्याड वितरण गर्न रु.७९ लाख ५२ हजार, शिक्षण सिकाई सामाग्री एवम् कक्षा ८ को परीक्षा व्यबस्थापन गर्न रु १ करोड ४ लाख ७४ हजार, कोभिड १९ को कारण उत्पन्न परिस्थितिमा सिकाई सहजीकरण  शैक्षिक कार्यक्रमका लागि रु.९७ लाख, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रबृत्ति अनुदान रु. ८० लाख ८४ हजार, नमूना विद्यालय, विशेष विद्यालयको क्रमागत भवनको लागि रु.१ करोड ४० लाख, शैक्षिक संस्था पूर्वाधार सहयोग रु.८० लाख विनियोजन गरिएको छ।

माथि उल्लेखित कार्यक्रम सहित सामाजिक विकास अन्तर्गत शिक्षा तर्फको सशर्त र आन्तरिक बजेट तर्फको  कार्यक्रम संचालनका लागि  रु.  ६३ करोड ९२ लाख ९९ हजार विनियोजन गरिएको छ।

५.३.२ स्वास्थ्य

  • दक्ष जनशक्ति र उपकरण सहित नगर शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना तथा सञ्चालनका लागि रु.२ करोड १० लाख विनियोजन गरिएको छ ।

  • राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम अन्तर्गत यस उपमहानगरपालिकामा सेवारत महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि प्रोत्साहन स्वरूप पोशाक सुबिधा, संचार सुबिधा, यातायात खर्च लगायतका बिबिध कार्यक्रमका लागि रु.५८ लाख विनियोजन गरिएको छ ।

  • डाइलासिस मेसिन खरीद, प्लाजमा उत्पादनको लागि उपकरण खरीद, स्वास्थ्य उपकरणहरु खरीदका लगि रु. ५५ लाख, औषधी खरीदको लागि ३७ लाख,कोरोना रोकथाम तथा नियन्त्रण र उपचारको लागि आबस्यक रकम व्यबस्था गरिएको छ।

  • जनता स्वास्थ्य घरदैलो कार्यक्रम, प्यालिएटिभ कार्यक्रम, गर्भवती महिला भिडियो एक्सरे जाँच र पोषण कोशेली कार्यक्रम, पाठेघर र स्तन क्यान्सर शिविर, सिमान्तकृत र गरिब परिवार स्वास्थ्य बिमा कार्यक्रम, नागरिक आरोग्य सेवा, मातृ तथा नवशिशु कार्यक्रम, आमा सुरक्षा, गर्भवती उत्प्रेरणा सेवा,न्यानो झोला र नि:शुल्क गर्भपतन कार्यक्रमका लागि रु.८८ लाख ८४ हजार विनियोजन गरिएको छ।

माथि उल्लेखित कार्यक्रम सहित सामाजिक विकास अन्तर्गत स्वास्थ्य तर्फको सशर्त र आन्तरिक बजेट तर्फको कार्यक्रम संचालनका लागि  रु. ८ करोड ७६ लाख १० हजार विनियोजन गरिएको छ।

५.३.३ संस्कृति प्रवर्द्धन

१. गोरक्षश्वर क्षेत्र विकास, पाथिभरा मन्दिर, दक्षिणकाली मन्दिर, रियो गुम्बा, दारुल कुरआन मदरसा लगायत मठ मन्दिर, मस्जिद, गुम्बा र चर्चहरुको पूर्वाधार विकासको लागि रु. २ करोड ७ लाख   विनियोजन गरिएको छ।

२. जात्रा, पर्व, उत्सव, संस्कृति, संरक्षण प्रवर्द्धन कार्यक्रम, सांस्कृतिक समूहबाजा भेषभुषा संरक्षण, घाटे पाटी निर्माण, बृद्धाआश्रम संचालन, धार्मिक पुस्तकालय संचालन लगायतका कार्यक्रमको लागि रु. ३० लाख विनियोजन गरिएको छ।

 

५.३.४ खेलकूद तथा मनोरञ्जन

१. हेटौंडा १७ मा फुटसल निर्माणका लगि रु.१ करोड १० लाख, क्याम्पाचौर पारापिट निर्माणका लागि रु.७५ लाख, हुप्रचौरमा भलिबल पारापिट निर्माणका लागि रु. २५ लाख, खेल मैदान पूर्वाधार निर्माण  रु. १५ लाख विनियोजन गरिएको छ।

२. नेशनल फुटबल एकाडेमी संचालन सहकार्यका लागि रु. २५लाख, सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता संचालनका लागि रु.२५ लाख, मेयर कप फुटबल प्रतियोगिताका लागि रु. १३ लाख, विभिन्न खेल प्रतियोगिता आयोजना सहकार्य रु. २७ लाख ५० हजार विनियोजन गरिएको छ।

माथि उल्लेखित कार्यक्रम सहित विभिन्न यूवा क्लब खेल सामाग्री सहयोग, खेल प्रतियोगितामा सहभागिता, खेलाडि सम्मान तथा पुरस्कार, नगर खेलकूद विकास समिति व्यबस्थापन, महिला भलिबल प्रतियोगिता, वडा स्तरीय खेलकूद कार्यक्रम सहकार्य, महिला खेल महोत्सब, भेट्रान्स क्लब सहयोग लगायतका सामाजिक विकास अन्तर्गत खेलकूद तथा मनोरञ्जन तर्फ जम्मा रु.३ करोड ७२ लाख ८० हजार विनियोजन गरिएको छ।

५.३.४ लैंगिक समानता तथा सामाजिक समावेशीकरण

  1. लैंगिक हिंसा, घरेलु हिंसा, यौनजन्य दूर्व्यबहार जस्ता संभावित जोखिमहरुको न्यूनिकरण गर्न किशोर किशोरीहरुलाई सचेतनामुलक तालिम, सहमतिमा हुने जोखिम बिरुद्धको कार्यक्रम, महिला विकास सहकारी बाट जनचेतना मुलक कार्यक्रम, बालबिबाह बिरुद्ध किशोरी वचत अभियान, महिला जागरण समूहमार्फत कार्यक्रम संचालन साथै हिंसा पिडित र प्रभावितका लागि अल्पकालिन आश्रय स्थल(Safe House) संचालन तथा जोखिममा परेका बालबालिकाको उद्धारका लागि रु. ५१ लाख बजेट विनियोजन गरिएको छ।

  2. महिलाहरुको आर्थिक सशक्तीकरणको लागि महिला जागरण समूहक्षमता विकास तालिम, मोबाईल मर्मत, वर्कसप लगायतका तालिम प्रदान, दलित एवम् एकल महिला लक्षित कार्यक्रम, महिला उद्यमी साझा घर लगायत  महिला सामुदायिक भवनहरु निर्माणको लागि रु.७४ लाख  विनियोजन गरिएको छ।

  3. लक्षित वर्गको क्षमता विकासको लागि आदिवासी/जनजाती, दलित, HIV संक्रमित, लैंगिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिहरु एवम् यूवालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम, सुरक्षित वैदेशिक रोजगार प्रवर्द्धन कार्यक्रम, लोकसेवा आयोग तयारी, अनाथ, आपाङ्ग, असहाय सहायता,नेपाल पत्रकार महासंघ मकवानपुर जेष्ठ पत्रकार पेन्सन कार्यक्रम सहयोग, विभिन्न संघ संस्था सहायता कार्यक्रमको लागि रु.९५ लाख विनियोजन गरिएको छ।

माथि उल्लेखित कार्यक्रम सहित सामाजिक विकास क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेसीकरण  अन्तर्गत  सशर्त र आन्तरिक बजेट सहित कार्यक्रम संचालनका लागि रु. ३ करोड ७ लाख  विनियोजन गरिएको छ।

 

५.४ वातावरण तथा विपद् व्यवस्थापन

 

१.नगरलाई सफा, हरियाली, फूलैफूलको सहर बनाउन रु.३० लाख विनियोजन गरिएको छ ।

  • अन्तिम फोहोर बिसर्जन केन्द्र सुधार तथा पार्क निर्माण र फोहर पानी प्रसोधन केन्द्र संचालनका

लागि रु.20 लाख विनियोजन गरिएको छ ।

  • ढल तथा नाला निर्माणका लागि रु.50 लाख विनियोजन गरिएको छ ।

माथि उल्लेखित कार्यक्रमहरु समेत सरसफाई तथा फोहर ब्यबस्थापन, सरसफाई कर्मचारीको तलब भत्ता, विपद् ब्यबस्थापन र वाताबरण संरक्षण कार्यक्रम सम्पन्न गर्न वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रतर्फ रु.५ करोड ४४ लाख २२ हजार विनियोजन गरिएको छ ।

५.५ संस्थागत विकास, सेवा प्रवाह र सुशासन

१. कार्यालयको सेवा प्रवाहलाई  समय सापेक्ष, प्रविधिमैत्री, गुणस्तरीय एवम् प्रभाबकारी बनाउन सूचना प्रविधिसंग आबद्ध गर्दै वडा नेटवर्किङ्ग, एप्स तथा सफ्टवेयर संचालन, बिधुतीय घर नक्सा प्रणाली, Google Code व्यबस्थापन, GIS Base Map तयारी, मेट्रिक घर नं. प्रणाली, गुनासो तथा सुझाब पोर्टल तयारी लगायतका सूचना प्रविधिसंग सम्बन्धित कार्यक्रमका लागि जम्मा रु.९५ लाख विनियोजन गरिएको छ।

२. पञ्जिकरण (व्यक्तिगत घटना दर्ता) व्यबस्थापन, वडा तथा नगर प्रोफाइल(डिजिटल) तयारी, घटना गर्ता किताब डिजिटाइजेसन, दर्ता शिविर संचालन, सामाजिक सुरक्षा प्रवर्द्धन कार्यक्रम लगायतका कार्यक्रम संचालनका लागि रु.५४ लाख विनियोजन गरिएको छ।

३.      सूचना व्यबस्थापन, शहरी नक्सा छपाई, सार्वजनिक जवाफदेहिता प्रवर्द्धन, सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई, स्मारिका प्रकाशन, पत्रकारिता पुरस्कार लगायतका सुशासन प्रवर्द्धनसंग सम्बन्धित कार्यक्रमको लागि रु.४२ लाख विनियोजन गरिएको छ।

आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरू,

अब म माथिका क्षेत्रगत नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि बजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

  • आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न रु. २ अर्ब ६० करोड १५ लाख ५२ हजार विनियोजन गरिएको छ ।

  • आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट रु. २४ करोड ३८ लाख ७५ हजार, राजस्व बाँडफाँडबाट रु. ५६ करोड ८ लाख ८१ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट रु. १२ करोड ६६ लाख ९६ हजार, सङ्घीय सरकारको अनुदानबाट रु. १ अर्ब २ करोड १ लाख,नगर विकास कोषबाट ऋण अनुदान ९ करोड र गत वर्षको नगद मौज्दातबाट रु.५६ करोड व्यहोरिने छ ।

  • यस उपमहानगरपालिकालाई नगरसभा पश्चात सङ्घीय तथा प्रदेश सरकारबाट अख्तियारी प्राप्त हुने सामाजिक सुरक्षा, गरिबसँग विश्वेश्वर कार्यक्रम लगायतका अन्य कार्यक्रमहरुको एकल खाता कोष प्रणालीमार्फत भुक्तानी हुने भएकाले आगामी आर्थिक वर्षमा यी कार्यक्रमहरुको स्रोत समावेश नगरिएको व्यहोरा अवगत गराउँदछु ।

प्रस्तावित बजेट, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक क्षमता विकास, संस्थागत, नीतिगत, कार्यविधिगत सुधारका कार्यहरू गर्न सकिएमा कार्यक्रमको कार्यान्वयनको सुनिश्चितता, पारदर्शिता र उत्तरदायित्वको थप प्रवर्द्धन हुने विश्वास लिएको छु । मैले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटबाट नगरवासीका आधारभूत आवश्यक्ताहरु परिपूर्ति गरी जीवनस्तरमा गुणात्मक सुधार हुंदै जाने, नगरमा उपलब्ध स्रोत साधनको उच्चतम उपयोगबाट नगरवासीको आर्थिक उन्नतिमा टेवा पुग्ने र वञ्चितिमा परेका वर्ग, क्षेत्र तथा समूहहरुको विकासमा मूलप्रवाहीकरण भई समावेशिताको प्रवर्द्धनमार्फत स्थानीय लोकतन्त्र सबलीकरण हुने विश्वास लिएको छु ।

कोभिड १९ को संक्रमणको क्रम कहिलेसम्म रहने भन्ने अवस्थाको आंकलन गर्न सकिने अवस्था छैन । लामो समयको लकडाउनका कारण संघ, प्रदेश र स्थानीय तिनै तहको चालु बर्षको राजस्व संकलनमा प्रक्षेपण गरे बमोजिमको उपलब्धि हासील हुन सकेको अवस्था छैन । यस्तो अवस्थामा उपमहानगरपालिकाले लगाएका आय ठेक्का लगायत अन्य सम्झौताहरुमा कबुल गरे बमोजिमको राजस्व उठ्न नसक्ने भएकोले कानुनी जटिलता पनि फुकाउनु पर्ने हुनसक्छ । यस्तै अवस्था कायम रहदै गएमा आगामी बर्ष पनि हाम्रो सामु कोभिड १९ को चुनौती र यसले पर्ने प्रभावको सामना गर्नुपर्ने अवस्था आउन सक्ने देखिन्छ ।हामी सबैको साथ, सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउन सकेमा ती समस्या र चुनौतीहरुलाई सजिलै पार गर्न सक्नेछौ भन्ने कुरामा कसैको दुईमत नहोला।कोभिड १९ को चुनौतीलाई शक्तिमा परिणत गरी अहिलेको  समग्र यी नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमा नगरका सबै तह र तप्काबाट योगदान हुने विश्वास लिएको छु ।

नगरवासीहरूको गुणस्तरीय सेवा प्रतिको बढ्दो आकांक्षालाई पूरा गर्न हामीले आफूलाई अझ बढी उत्तरदायी, जिम्मेवार र जवाफदेही बनाउदै सरोकारवालाहरू बीचको सहकार्य, समन्वय, सुझाव र सहमति अनुकूल वातावरण स्थापना गरी प्रभावकारी ढंगका साथ स्रोत–साधन परिचालन गरी नगरपालिका जनताको सवभन्दा नजिकको देखिने सरकार हो भन्ने मान्यतालाई स्थापित गरेर देखाउनु पर्नेछ । यसै सन्दर्भमा आगामी आर्थिक बर्षको नीति, योजना तथा कार्यक्रम कार्यान्वयन गर्दा क्षेत्रगत एवम् विषयगत विशेषज्ञता रहेका विषयगत शाखा, निजी क्षेत्र तथा सहकारीहरूलाई जिम्मेवार र उत्तरदायी बनाई कार्यान्वयन कार्य योजना   सहित तोकिएको समयमै योजना सम्पन्न  गर्न आवश्यक रहेको तथ्य तर्फ ध्यानाकर्षण गराउन चाहन्छौं ।

स्थानीय सरकार संचालन  ऐन २०७४ बाट निर्दिष्ट आषाढ १० गते भित्रनै समयमा नगरपालिकाले बजेट तथा कार्यक्रम तयारी/प्रस्तुती गर्ने कार्य सार्थक तुल्याउन सहयोग पुर्‍याउने हुने नेपाल सरकार, प्रदेश सरकारका विषयगत निकायका प्रमुखहरू, राजनीतिक दलका पदाधिकारीहरू, नगरसभाका सदस्यहरू सबैको मार्गदर्शन हाम्रा लागि महत्वपूर्ण रहेको व्यहोरा अनुरोध छ । साथै यस कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरू, गैर–सरकारी संस्था, नागरिक समाज, सञ्चारकर्मी एवम् अन्य जनप्रतिनिधि र सरोकारवाला सबै निकाय तथा व्यक्तिहरू प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

उपमहानगरपालिकाको व्यबस्थित शहरी विकासका लागि उच्चतम लगानी मार्फत पूर्वाधार निर्माण विकासमा भएको समन्वय र सहयोगको लागि यस उपमहानगरपालिका बागमती प्रदेश सरकारप्रति हार्दिक आभार एवम् धन्यबाद ज्ञापन गर्दछ।

सभामा प्रस्तुत नगरपालिकाको बजेट, नीति तथा कार्यक्रमलाई सफल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न विनियोजन ऐन, २०७८ तथा आर्थिक ऐन, २०७८ लाई सम्मानित सभाबाट स्वीकृत गर्न प्रस्ताव गरेको छु ।

अन्तमा, यस बजेटको सफल एवम् प्रभावकारी कार्यान्वयनका लागि सम्वद्ध सबै पक्षबाट सदा झैं निरन्तर सहयोगको अपेक्षा गर्दै बजेट, नीति तथा कार्यक्रम वाचन गरिरहेको यस क्षणमा यो गरिमामय सभामा उपस्थित सबै विशिष्ट महानुभावहरूलाई म हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

 

धन्यवाद !!

 

मिति २०७८ आषाढ १० गते बिहिबार

 

 

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*