हेटौंडा उपमहानगरपालिकाले ३ अर्ब बढीको बजेट ल्याउँदै

तु खबर संवाददाता
२०७८ असार १०,बिहीबार १२:००

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आज आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दैछ ।

कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ ।

हेटौंडा उपममहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले आज बस्ने नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

उपमहानगरपालिकाको सबै वडाको स्वास्थ्य क्षेत्रको स्तरोन्नती, शैक्षिक स्तर सुधारका योजना, भवन तथा सडक पूर्वाधार, विभिन्न गौरवको आयोजनालाई समेत उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा समावेश गरी योजनाहरु तयार पारेको उपमेयर लामाले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*