आज बिहानैदेखि देशैभर टेलिकम र एनसेल मोबाइल सेवा बन्द

तु खबर संवाददाता
२०७८ असार ९, बुधबार ०८:१४

काठमाडौं । आज विहानैदेखि देशैभर नेपाल टेलिकम र एनसेल मोबाइल सेवा बन्द भएको छ । नेपालमा मोबाईल सेवा प्रदायक मुख्य दुई कम्पनीको सेवा अबरुद्ध हुँदा देशैभर नेपाल टेलिकम र एनसेल मोबाइल सेवा बन्द हुन पुगेको हो ।

मोबाइल सेवामा समस्या उत्पन्न भएको छ । विहान ६ः१५ बजेदेखि नेपाल टेलिकमको जिएसएम मोबाइल सेवामा समस्या उत्पन्न भएको हो ।

नेपाल टेलिकमबाट मोबाइल सेवा लिइरहेका डेढ करोडभन्दा बढि सिमहरु सम्पर्क बिहिन भएका छन् ।

त्यस्तै, सोही संख्यामा रहेका एनसेलका सिम प्रयोगकर्ताहरुको पनि सेवा अवरुद्ध भएको छ ।

नेपाल टेलिकमको ल्याण्ड लाइन टेलिफोन सेवा भने सुचारु रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*