१७९ औं गजल यात्रा तथा गजल प्रशिक्षण कार्यक्रम सम्पन्न
मकवानपुर । गजल मञ्च मकवानपुरको १७९ औं गजल यात्रा तथा गजल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जुम एपमार्फत आइतबार भएको कार्यक्रममा हेटौंडा स्कुलअफ म्यानेजमेन्टमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई गजल प्रशिक्षण दिइएको थियो ।
मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सिएम रिमाल, गजलकार धर्मराज स्याङ्तान, हरि पौड्याल, विशाल अधिकारी,लगायतले गजल वाचन तथा गायन पनि गरेका थिए ।
कार्यक्रममा मञ्चका सचिव केशव समर्पणले विद्यार्थीहरुलाई गजल लेखनका आधारभूत प्राविधिक पक्षबारे प्रशिक्षण दिएका थिए ।
समर्पणले गजलको परिभाषा, गजलका तत्वहरु, गजलको संरचना, गजलका प्रकारहरुलगायतको बारेमा विद्यार्थीहरुलाई प्रशिक्षित गरेका थिए ।
गजल प्रशिक्षणमा करिब ४० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
