इन्फिनिटी लघुवित्तले विभिन्न पदका लागि माग्यो कर्मचारी ( हेर्नुहोस् सूचना)

तु खबर संवाददाता
२०७८ असार ८,मंगलवार १६:१६

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

सो लघुवित्तले कर्मचारी आवश्यकता सम्बन्धी सूचना जारी गरी कर्मचारी माग गरेको छ । सो सूचना अनुसार, ग्रमिण क्षेत्रमा काम गर्ने कर्मचारी चाहिएको उल्लेख छ ।

लघुवित्तले अधिकृत, बरिष्ठ अधिकृत र सहायक अधिकृत स्तरको कर्मचारी माग गरेको छ भने केही शाखा प्रमुख पनि मागेको छ । २९ जिल्लामा ५९ वटा शाखा कार्यालयहरु सञ्चालनमा भएकाले सो कार्यालयहरुको लागि कर्मचारी माग भएको हो ।

आवेदकले बरिष्ठ अधिकृत र अधिकृत पदको लागि स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ ।

बैंक तथा वित्तीय संस्थामा कम्तिमा ५ वर्ष काम गरेको वा कुनै पनि विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरमा कम्तिमा १ वर्ष काम गरेको वा अधिकृत पदका लागि चार्टड एकाउन्टेन्ट्स ९सीए० पास गरी बैंक तथा वित्तीय संस्थामा १ वर्ष काम गरेको अुनभव हुनु पर्ने कम्पनीको सूचनमा छ ।

सहायक प्रबन्धको लागि सीए उत्तीर्ण गरेको वा कुनै पनि विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था वा सरकारी वा अर्धसरकारी संस्थामा अधिकृत स्तरमा कम्तिमा २ वर्षको कार्य अनुभव वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरमा कम्तिमा ४ वर्ष काम गरेको हुनुपर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*