मकवानपुरका दुई गाउँपालिकालाई अक्सिजन कन्सर्नट्रेटर

मकवानपुर । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले मकवानपुरका दुई गाउँपालिकालाई एक÷एक थान अक्सिजन कन्सर्नट्रेटर सहयोग गरेको छ ।
एक्स्पर्टले जिल्लाको कैलाश र मकवानपुरगढी गाउँपालिकालाई १० लिटरको एक÷एक थान अक्सिजन कन्सर्नट्रेटर सहयोग गरेको हो ।
सहयोग सामग्री कैलाशका अध्यक्ष टंक मोक्तान र मकवानपुरगढीका अध्यक्ष बिदुर हुमागाईलाई हस्तान्तरण गरिएको हो ।
एक्सपर्टका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले केन्द्रीय कार्यालय अष्ट्रेलियाबाट प्राप्त भएको अक्सिजन कन्सट्रेटर गाउँपालिकालाई प्रदान गरिएको जानकारी दिए ।
कार्यक्रममा एक्सपर्टका लेखा प्रमुख किरण पौडेल, एक्सपर्ट हेटौंडाका अच्युत चालिसेलगायतको उपस्थिति रहेको थियो ।